एकै चरणमा मंसिर २ मा प्रदेश र प्रतिनिधिसभा निर्वाचन गर्न आयोगको सिफारिस

काठमाडौं । प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचन एकै चरणमा गर्नेगरी निर्वाचन आयोगले सरकारसमक्ष मिति सिफारिस गरेको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार प्रमुख आयुक्त दिनेशकुमार थपलियासहितको टोलीले प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष आउँदो मंसिर २ मा प्रदेशसभा र प्रतिनिधिसभा सदस्यको निर्वाचन गर्न मिति सिफारिस गरेको हो ।
जवाफमा प्रधानमन्त्री देउवाले मंसिर २ कै सेरोफेरोमा रहने गरी उपयुक्त समयमा उपयुक्त मिति घोषणा गर्ने बताएका थिए । आयोगको सिफारिसमा सरकारले निर्वाचनको मिति तोक्ने संवैधानिक व्यवस्था छ । निर्वाचन गराउन आयोगलाई तयारीका लागि १ सय २० दिन आवश्यक पर्छ ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #एकै चरणमा गर्नेगरी निर्वाचन, #प्रदेश र प्रतिनिधिसभा सदस्य, #प्रमुख आयुक्त दिनेशकुमार थपलिया
तपाईको कमेन्ट लेख्नुहोस्