बिप्लवले किन दिए हिंसात्मक अभिब्यक्तिः न्यायाधीशहरुलाई घरबाट थुतेर कुट्नुपर्छ
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द्र विप्लवले हिंसात्मक अभिव्यक्ति दिएका छन् ।
बुधबार राजधानीमा आयोजित कार्यक्रममा महासचिव विप्लव अमेरिकी सहयोग परियोजना (एमसीसी) विरुद्ध आन्दोलनमा उत्रिँदा पक्राउ परेका विद्यार्थीहरुसँग लाखौ रुपैयाँ धेरौटी मागेको भन्दै हिंसात्मक अभिब्यक्ती दिएका हुन् ।
आफना दलका कार्यकर्तालाई धेरै धरौटी मागेको भन्दै उनले न्यायाधीशहरुलाई घरबाट थुतेर कुट्नुपर्ने बताए । बिप्लवले भने, ‘एउटा पढिरहेका विद्यार्थीलाई १० लाख, पाँच लाख धरौटी माग्ने हो ?
देश बेच्न पाइँदैन भनेर आन्दोलन गर्ने युवालाई पक्रेर ३ लाख रुपैयाँ धरौटी माग्ने हो ? यो न्यायाधीश को हो ? यीनलाई त घरघर गएर थुतेर कुट्नुपर्छ ।’ बिप्लवको यो अभिब्यक्तीले उनको आलोचना भएको छ ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #महासचिव नेत्रविक्रम चन्द्र विप्लव, #हिंसात्मक अभिव्यक्ति
ताजा खबर
- १रास्वपामा रवि लामिछानेकै नेतृत्व आवश्यक भएको रञ्जु न्यौपानेको दाबी
- २जेन–जी आन्दोलनसम्बन्धि मानव अधिकार आयोगको सिफारिस गैर संवैधानिक छः बार अध्यक्ष मिश्र
- ३सरकारका नीति र निर्णय जनहितविपरीत रहेको प्रचण्डको आरोप
- ४जग्गाको द्वेध स्वामित्व अन्त्य गर्न सरकार प्रतिवद्ध छः मन्त्री रावल
- ५अदालतको फैसलालाई सरकारको ‘हार–जित’ का रूपमा बुझ्नु संकुचित मानसिकताः मुख्य रजिस्ट्रार पौडेल



तपाईको कमेन्ट लेख्नुहोस्