बिप्लवले किन दिए हिंसात्मक अभिब्यक्तिः न्यायाधीशहरुलाई घरबाट थुतेर कुट्नुपर्छ

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द्र विप्लवले हिंसात्मक अभिव्यक्ति दिएका छन् ।
बुधबार राजधानीमा आयोजित कार्यक्रममा महासचिव विप्लव अमेरिकी सहयोग परियोजना (एमसीसी) विरुद्ध आन्दोलनमा उत्रिँदा पक्राउ परेका विद्यार्थीहरुसँग लाखौ रुपैयाँ धेरौटी मागेको भन्दै हिंसात्मक अभिब्यक्ती दिएका हुन् ।
आफना दलका कार्यकर्तालाई धेरै धरौटी मागेको भन्दै उनले न्यायाधीशहरुलाई घरबाट थुतेर कुट्नुपर्ने बताए । बिप्लवले भने, ‘एउटा पढिरहेका विद्यार्थीलाई १० लाख, पाँच लाख धरौटी माग्ने हो ?
देश बेच्न पाइँदैन भनेर आन्दोलन गर्ने युवालाई पक्रेर ३ लाख रुपैयाँ धरौटी माग्ने हो ? यो न्यायाधीश को हो ? यीनलाई त घरघर गएर थुतेर कुट्नुपर्छ ।’ बिप्लवको यो अभिब्यक्तीले उनको आलोचना भएको छ ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #महासचिव नेत्रविक्रम चन्द्र विप्लव, #हिंसात्मक अभिव्यक्ति
ताजा खबर
- १डा.बाबुराम भट्टराईको प्रस्ताव प्रत्यक्ष निर्वाचित राष्ट्रपति, सांसद मन्त्री बन्न नपाउने
- २लुम्बिनी प्रदेशको बजेट आइबार आउँदै, चालू आवभन्दा घटाइँदै
- ३मन्त्री पन्तले भने निजी विद्यालयलाई निषेध गरेर जान सकिँदैन
- ४०८३ को मंसिर अघि नै महाधिवेशन हुन्छः गगन थापा
- ५जनार्दन शर्मालाई पार्टी छोड्न नभनेको प्रचण्डको दाबी
तपाईको कमेन्ट लेख्नुहोस्