Techie IT
  • २७ जेठ २०८२, सोमबार
KhojPatrika

मन्त्रीकै लागि तछाड–मछाड,२०४६ पछि बने नेपालमा ९ सय ५० बढी मन्त्री


काठमाडौं । नेपालमा मन्त्री बन्न तछाड मछाड नै चल्छ । सत्तामा जानका लागि पार्टी त्यागदेखि गुट फेरवदल गर्नेहरुको कमी छैन । सत्ताकै लागि बिभिन्न आरोप प्रत्यारोप चल्दै आएको सबैलाई थाहै छ । तर, जनताको सेवाका लागि राजनीति गरेका हौं भन्न नेताहरु पछि पर्दैनन् । उनीहरु जनताको नाम भजायर ब्यक्तीगत स्वार्थ पूरा गर्न पछि गर्दैनन् । हुनत मन्त्री भएपछि पावर,पैसा र शक्तिमा खेल्नैका लागि नेताहरुको मन्त्री भन्न दौडधुप सधैं चल्छ । आफनो इमान बेच्न समेत पछि पर्देनन् भन्दा फरक पदैन । तर, पटक–पटक सत्तामा पुगेका नेताहरुले देश विकासका लागि भने सिन्को समेत भाँचेको देखिदैन ।

यतिबेला पनि सत्तामा भाग पुर्याउन ९ महिनामै मन्त्री फेर्ने चटारो लागेको छ । केहीदिन अघि नेकपा एकीकृत समाजवादीबाट पालो पुर्याउन मन्त्री फेरवदल गरियो । फेरि सोमबार जनता समाजवादी पार्टी फुटबाट जोगाउन मन्त्री नै फेरियो । पार्टी बचाउन, भाग पुर्याउन र कसैलाई चित्त बुझाउन मन्त्री फेरवदल गर्ने श्रृखला राजनीतिमा विगतदेखि नै चल्दै आएको देखिन्छ । २०४८ मा गृहमन्त्री भएका शेरबहादुर देउवा २०५२ मा प्रधानमन्त्री बने । उनै देउवा ५ औं पटक सत्ताको बागडोर सम्हालिरहेका छन् । तर, उनलाई सत्ताको स्वाद अझै रोकिएको छैन् । उनी त आफू ७ पटकसम्म प्रधानमन्त्री बन्ने भविष्यवाणी गरिरहेका छन् ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली २०५१ गृहमन्त्री भएका उनी २०६३ मा उपप्रधानमन्त्री भए भने २ पटक देशको प्रधानमन्त्री बनेका छन् । आगामी चुनावबाट फेरि पनि प्रधानमन्त्री बन्ने दाउमा ओली छन् । २०६३ पछि लोकतान्त्रिक राजनीतिमा आएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड २ पटक प्रधानमन्त्री बनेका छन् । अझै उनी प्रधानमन्त्री बन्ने चाहना गरेको बताइरहेका छन् । सत्ताकै दौडमा प्रचण्ड पनि लागिरहेका छन् । मन्त्री बन्नेहरुको सूचीको त कुरै नगरौं । पटक–पटक मन्त्री बन्ने दौडमा धेरै नेताहरुको नाम अघि आउछ ।

मधेश केन्द्रीत राजनीति गरेका र लोकतान्त्रिक समाजवादीमा रहेका शरदसिंह भण्डारी राज्यमन्त्रीसहित १९ पटक मन्त्री बनेर इतिहास बनाएका छन् । उनले नेपाली कांग्रेसका नेता बिजयकुमार गच्छदारलाई नै उछिनेका छन् । गच्छदार राज्यमज्त्री,उपप्रधानसहित ११ पटक मन्त्री भएका छन् । त्यस्तै राप्रपा नेपालका अध्यक्ष कमल थापा पनि सहायकसहित ९ पटक मन्त्री बन्ने सौभाग्य पाएका छन् ।

कांग्रेसका नेता खुमबहादुर खड्का ८ पटक मन्त्री बनेका थिए । रामशरण महत ७ पटक मन्त्रालयको बागडोर सम्हालिसकेका छन् । नेता प्रकाशमान सिंह उपप्रधानसहित ६ पटक मन्त्री बन्दा गोविन्दराज जोशी र बिमलेन्द्र निधिले ५ पटक मन्त्रीको बागडोर सम्हालेका छन् । बालकृष्ण खाँण अहिले गृहमन्त्रीसहित ४ पटक मन्त्री बनेका छन् । अर्थमन्त्री भएसँगै जनार्दन शर्माले पनि ४ पटक मन्त्री बन्ने भाग्यमाणीमा पर्छन ।

नेकपा एमालेमा उपप्रधानसहित बिष्णु पौडेल ८,उपप्रधानसहित भीम रावल ५,इश्वर पोखरेल उपप्रधानसहित ३ पटक बन्त्री बनेका छन् । महन्थ ठाकुर ६,राजेन्द्र महतो ५,उपेन्द्र यादव ४ पटक मन्त्री बनेका छन् । कृष्णबहादुर महरा उपप्रधानसहित ६ मन्त्री बन्दा सभामुख पनि भइसकेका छन् । बर्षमान पुन ३ गिरिराजमणि पोखरेल ४ पटक मन्त्री बनेका छन् । दोहोरिएर मन्त्री बन्ने नेताहरुको सुची त लामै बन्न सक्छ ।

२०४६ पछि ९ सय ५० मन्त्री देशले पाइसकेको छ । पटक–पटक मन्त्री बन्न चाहनेहरुको सधैं रस्साकस्सी चल्छ । तर, जनतालाई केन्द्रविन्दुमा राखेर काम गर्नेहरु कमै छन् । कसैको पालो र रहर पुर्याउन गरिने मन्त्री फेरबदलले अस्थिरता त निम्त्याएकै छ आर्थिक भार पनि उत्तिकै बढाएको छ ।


क्याटेगोरी : प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #जनताको नाम भजायर, #पार्टी त्यागदेखि गुट फेरवदल, #मन्त्री बन्न तछाड मछाड

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं