उपसचिव र शाखा अधिकृतबीच उच्च अदालत पाटनमा कुटाकुट
काठमाडौं । उच्च अदालत पाटनमा उपसचिव र शाखा अधिकृतबीच कुटाकुट भएको खुलेको छ । शाखा अधिकृत हिरालाल भुसालले उपसचिव रमेश श्रेष्ठलाई कार्यकक्षमै गएर कुटपिट गरेको बताइएको छ । आइतबार अपरान्ह १ बजे पाटन उच्च अदालतका उपसचिव रमेश श्रेष्ठमाथि हातपात भयो । आफ्नो कार्यकक्षमै बसिरहेको समयमा श्रेष्ठमाथि भुसालले अनुहार तथा शरीरका विभिन्न भागमा आक्रमण गरेको बताइएको छ ।
आक्रमणको कारणचाहिँ बेरितको निवेदनमा हस्ताक्षर गर्दिन, रितपूर्वक निवेदन ल्याउनु भन्ने मात्रै थियो । शाखा अधिकृत भुसालले मुद्दाका एक पक्षको म्याद थाम्ने निवेदनमा शुक्रबार नै पत्र काटी पुरानो म्याद बदर गरी नयाँ म्याद दिइसकेका थिए । तर, उक्त म्याद बदर र म्याद थाम्ने निवेदनमा सक्कली म्याद थिएन भने आवश्यक कागजात र बुझ्नुपर्ने विषय पनि बुझिएको थिएन ।
केही नबुझी शाखा अधिकृत भुसालले शुक्रबार नै पत्र दिएर आइतबार स्वीकृतिका लागि ल्याएपछि बेरितको भन्दै उपसचिव श्रेष्ठले हस्ताक्षर गर्न अस्वीकार गरेका थिए । हस्ताक्षर गर्न अस्वीकार गरेलगत्तै शाखा अधिकृत भुसालले आक्रमण गरेको बताइएको छ ।
सामान्यतः म्याद तामेल गरेको १५ दिनभित्र जसलाई म्याद तामेल गरिएको हो, ती व्यक्ति अदालतमा उपस्थित हुनुपर्छ १५ दिनभित्र उपस्थित हुन नसकेमा थप १५ दिन गरी कुल ३० दिनको समय पाइन्छ । तर शुक्रबार निवेदन लिएर आएका व्यक्ति ३० दिन पनि गुजारेपछि म्याद थपका लागि अदालतमा निवेदन लिएर आएका थिए ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #उच्च अदालत पाटन, #शाखा अधिकृतबीच कुटाकुट, #हिरालाल भुसाल
ताजा खबर
- १रास्वपामा रवि लामिछानेकै नेतृत्व आवश्यक भएको रञ्जु न्यौपानेको दाबी
- २जेन–जी आन्दोलनसम्बन्धि मानव अधिकार आयोगको सिफारिस गैर संवैधानिक छः बार अध्यक्ष मिश्र
- ३सरकारका नीति र निर्णय जनहितविपरीत रहेको प्रचण्डको आरोप
- ४जग्गाको द्वेध स्वामित्व अन्त्य गर्न सरकार प्रतिवद्ध छः मन्त्री रावल
- ५अदालतको फैसलालाई सरकारको ‘हार–जित’ का रूपमा बुझ्नु संकुचित मानसिकताः मुख्य रजिस्ट्रार पौडेल



तपाईको कमेन्ट लेख्नुहोस्