कात्तिक ३० गते नै प्रतिनिधि र प्रदेशसभा चुनाव गर्नुपर्ने निर्वाचन आयोगको निष्कर्ष
काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि कात्तिक ३० गतेको मिति प्रस्ताव गर्ने भएको छ । कात्तिक अन्तिम सातासम्म निर्वाचन सक्ने गरी मिति तोक्न प्रस्ताव गरी सरकारलाई पत्राचार गर्ने तयारी भएको बताइएको छ । हिमाली भेगमा चिसो बढ्ने हुनाले निर्वाचन गराउन कठिनाइ हुने भन्दै कात्तिकको अन्तिम साता निर्वाचन गर्नुपर्ने आयोगको निष्कर्ष छ ।
आयोगले केही दिनअघि सुरक्षा निकायका प्रमुखहरुसँग पछि निर्वाचनबारे छलफल गरेको थियो । छलफलपछि एकै चरणमा निर्वाचन गर्न सकिने मनस्थिति बनेको थियो । वैशाख ३० मा भएको स्थानीय तह निर्वाचनमा सुरक्षाकर्मीको संख्या कम हुँदा कतिपय ठाँउमा निर्वाचन विथोलिएको आयोगले आन्तरिक निष्कर्ष निकालेको थियो । तर, दुई चरणमा निर्वाचन गर्दा बढी खर्च हुने भएकाले आयोगले एकै चरणमा जोड दिएको हो ।
निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले निर्वाचनको १ सय २० दिन अघि मिति घोषणा हुनुपर्ने जानकारी दिए । केही दिन अघिमात्रै निर्वाचन आयोगका पदाधिकारीले प्रधानमन्त्री शेरबहादुर देउवासँग निर्वाचनको मिति घोषणााका वारेमा अनौपचारिक छलफल गरेका थिए । त्यसक्रममा प्रधानमन्त्रीले आयोगले मिति सिफारिस गरेर ल्याए आफूहरुले प्रक्रिया अघि बढाउने बताएका थिए ।
बुधबारसम्म आयोगले औपचारिक रुपमा नै निर्वाचन मिति सिफारिस सहित सरकारलाई पत्राचार गर्नेछ । दशै सकिए लगत्तै मनोनयन दर्ता प्रक्रिया थाल्ने र असोजको अन्तिम साताभित्र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने आयोगको तयारी गरेको हो । त्यसो हुँदा उम्मेदवारले दशैंपछि तिहार सकिएपछि पनि प्रचार प्रसार गर्न पाउँछन् । आयोगले प्रस्ताव गरेको मिति तिहारको करिब २० दिनपछि पर्छ ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #कात्तिक ३० गते, #निर्वाचन आयोग, #प्रतिनिधिसभा र प्रदेशसभा, #हिमाली भेग
ताजा खबर
- १युद्धको भिडियो र फोटो सामाजिक सञ्जालमा हाल्ने ६ नेपाली पक्राउ, कडा कारबाही र डिपोर्ट हुनसक्ने परराष्ट्रको चेतावनी
- २सेवा प्रवाह प्रभावकारी बनाउन काठमाडौं प्रशासनमा ‘सार्वजनिक सम्बोधन प्रणाली’ लागू
- ३नयाँ जनादेशले देशलाई स्थायित्व, विकास र समृद्धितर्फ अघि बढाउने आशा जगायो : प्रधानमन्त्री
- ४पैसाको सदुपयोग गर्न जान्नुपर्छ– गभर्नर
- ५ड्रोन आक्रमणपछि दुबई विमानस्थल अस्थायीरुपमा बन्द



तपाईको कमेन्ट लेख्नुहोस्