कांग्रेसमा शेखर कोइरालाको छुट्टै भेला,देउवा एक्लौटी अघि बढेको आरोप
काठमाडौं । नेपाली कांग्रेसभित्र सभापति शेरवहादुर देउवा एकलौटी ढंगले अघि बढेको भन्दै डाक्टर शेखर कोइराला समूहले विद्रोहको चेतावनी दिएको छ । विहीवार बत्तिसपुतलीको अनुपम फुडल्याण्डमा भएको भेलामा रचनात्मक बिद्रोह (कन्स्ट्रक्टिभ रिभोल्ट) गर्नुपर्ने कुरा समेत उठेको बताइएको छ ।
कस्तो खालको विद्रोहको घोषणा गर्ने र अबको कदम के हुने भन्ने बारेमा शुक्रवारको बैठकले टुंगो लगाउँने बताइएको छ । शेखर पक्षको बैठक शुक्रवार अपरान्ह पुनः बस्ने भएको छ । देउवा कांग्रेसको सभापतिभन्दा पनि गठबन्धनको सभापतिको भूमिकामा देखिएको विषयमा शेखर समूहमा छलफल भएको थियो ।
आगामी चुनावको तयारी, भ्रातृ संस्था गठन तथा विस्तार, विधान कार्यान्वयन गराउन संस्थापन पक्षलाई दबाब दिन छलफलका लागि भेला बोलाइएको बताइएपनि देउवाको आलोचना गरिएको थियो । आगामी चुनावमा गठबन्धनको भागबण्डा कसरी गर्ने भन्नेबारेमा समेत पार्टीमा छलफल हुनुपर्ने शेखर समूहको माग छ ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #कोइरालाको छुट्टै भेला, #डाक्टर शेखर कोइराला
ताजा खबर
- १युद्धको भिडियो र फोटो सामाजिक सञ्जालमा हाल्ने ६ नेपाली पक्राउ, कडा कारबाही र डिपोर्ट हुनसक्ने परराष्ट्रको चेतावनी
- २सेवा प्रवाह प्रभावकारी बनाउन काठमाडौं प्रशासनमा ‘सार्वजनिक सम्बोधन प्रणाली’ लागू
- ३नयाँ जनादेशले देशलाई स्थायित्व, विकास र समृद्धितर्फ अघि बढाउने आशा जगायो : प्रधानमन्त्री
- ४पैसाको सदुपयोग गर्न जान्नुपर्छ– गभर्नर
- ५ड्रोन आक्रमणपछि दुबई विमानस्थल अस्थायीरुपमा बन्द



तपाईको कमेन्ट लेख्नुहोस्