उपराष्ट्रपति निवासमा प्रचण्ड र बाबुरामको रहस्यमय भेटवार्ता
काठमाडौं । लामो अन्तरालपछि नेकपा माअोवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जनता समाजवादी पार्टीको संघीय परिषद अध्यक्ष डाक्टर बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ। जसपाभित्र विवादका कारण पार्टी विभाजनसम्म पुग्न लागेका बेला उपराष्ट्रपति नन्दबहादुर पुनको निवासमा भट्टराईले बिहीबार प्रचण्डसँग भेटवार्ता गरेका हुन ।
प्रचण्ड र भट्टराईबीच साढे १० बजेदेखि १ घण्टा छलफल भएको थियो । भेटमा भएको कुराकानीबारे भने खुलाइएको छैन । उपराष्ट्रपति निवासमै प्रचण्ड र भट्टराईले यसअघि दुई पटक छलफल गरिसकेको बताइएको छ ।
पूर्व माओवादीहरुबीच एकताको प्रयास गरिरहेका प्रचण्डले भट्टराईलाई पार्टीमै ल्याउने कोसिस गरिरहेको र त्यो सम्भव नभए समाजवादी केन्द्र बनाएर भए पनि सँगै राख्ने प्रयत्न भइरहेको बुझिएको छ । भट्टराई पनि माओवादीसँग पार्टी एकता भन्दा पनि समाजवादी केन्द्र बनाएर एउटै मोर्चामा रहन सहमत छन् ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #जनता समाजवादी पार्टी, #नेकपा माअोवादी केन्द्र, #पुष्पकमल दाहाल प्रचण्ड
ताजा खबर
- १सार्वजनिक गाडीमा भाडा बढ्यो, उपत्यकामा न्यूनतम २४ रुपैयाँ
- २रास्वपा लक्षित शंकर पोखरेलको टिप्पणीः सुशासनको डंका पिट्नेहरू नै सम्पती लुकाउँदैछन्
- ३उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित,यस्तो छ सेवा सुविधा
- ४कलाकार बले हाजिरी जमानीमा रिहा
- ५रवि लामिछानेको आश्वासनले उपसभामुखमा उम्मेदवारी दिएको ज्ञानेन्द्रको दाबी



तपाईको कमेन्ट लेख्नुहोस्