केयुकेएलभित्र चरम बेथिति,शाखामा सरुवा हुन नै ठूलो चलखेल,कम्पनी नै धरासायी
मन्त्री उमाकान्त चौधरीको निर्देशनमा आन्दोलन

काठमाडौं । उपत्यकामा १२ जनामा हैजा फैलिएको छ । पानीको श्रोत दुषित हुँदा र राजधानीबासीले प्रयोग गरिरहेको पानीमा शुद्धताको प्रश्न उठ्दा उपत्यकामा खानेपानी वितरण गर्ने जिम्मेवारी पाएको काठमाडौं उपत्यका खानेपानी लिमिटेडमा भने १३ दिनदेखि कर्मचारी संगठनले आन्दोलन गरिरहेका छन् । काठमाडौंका केही स्थानमा पानीको नमुना संकलन र पानी शुद्ध बनाउने काम केही कर्मचारीले गरेपनि कर्मचारी संगठन भने प्रमुख कार्यकारी अधिकृत मिलनकुमार शाक्यको बर्खास्तीको माग राख्दै पेन डाउनदेखि कार्यकक्ष बाहिर धर्ना बसिरहेका छन् ।
हैजा, टाइफाइड लगायतका बिरामीहरुको संख्या यतिबेला ह्वात्तै बढेको छ । झाडापखाला र हैजाका बिरामी बढ्दा पानी वितरणको जिम्मेवारी पाएको केयुकेएलका कर्मचारी संगठन शाक्यले राजीनामा दिनुपर्ने र प्रमुख कार्यकारी अधिकृत शाक्यले राजीनामा नदिने लिएको अडानले रमिता देखाइरहेका छन् । सरकारले गत जेठ २६ गते आवश्यक सेवा सञ्चालन ऐन, २०१४ को दफा ३ को उपदफा (१) ले दिएको अधिकार प्रयोग गरी २५ वटा सेवालाई अत्यावश्यकमा राखेको छ ।
अत्यावश्यक क्षेत्रमा बन्द, हडताल गर्न नपाइने निर्णय गरी सार्वजनिक सूचना पनि सरकारले जारी गरेको थियो । खानेपानी सञ्चालन तथा वितरण पनि २५ वटा अत्यावश्यक सेवाअन्तर्गत पर्दछ । तर, त्रिपुरेश्वरस्थित केन्द्रीय कार्यालयमा प्रमुख कार्यकारी अधिकृतलाई प्रवेश निषेध गर्नेदेखि पेन डाउन र कर्मचारी भवनको प्यासेजमा धर्ना दिएर आन्दोलन गरिरहेका छन् । आइतबार मध्यरातिसम्म सञ्चालक समिति र आन्दोलनरत कर्मचारी संगठनबीच वार्ता भएको थियो । तर, त्यो वार्ताले पनि ठोस निष्कर्ष निकाल्न सकेको छैन् । जसका कारण सोमबार पनि कर्मचारी संगठनले आन्दोलन जारी राखेका छन् ।
केयुकेएलमा १ हजार ३ सय ३६ दरबन्दी छन । ९ सय ३५ दरबन्दीमा कर्मचारी कार्यरत छन । बाँकी दरबन्दी पदपूर्ति तीन वर्षदेखि रोकिएको छ । तर, खानेपानी मन्त्री उमाकान्त चौधरीको लिस्टका ९० जनालाई करार सेवामा नियुक्त गर्न नमान्दा कर्मचारी संगठन र प्रमुख कार्यकारी अधिकृत शाक्यका बीचमा टसल भई आन्दोलन सुरु भएको हो । शाक्यले कर्मचारी भर्ती गर्न आनाकानी गरेपछि केयुकेएलका संगठनलाई मन्त्रालय बोलाएर आन्दोलन गर्न मन्त्री चौधरीले निर्देशन दिएका थिए । तर, यो कुरालाई कर्मचारी संगठनले इन्कार गर्दै आएका छन् ।
कम्पनी ऐन अन्र्तगत सार्वजनिक नीजि क्षेत्र साझेदारी अन्र्तगत सञ्चालित कम्पनीमा मन्त्री चौधरीले किन हस्तक्षेप गरिरहेका छन् भन्ने प्रश्न उब्जिएको छ । त्यसैको लह लहैमा मन्त्रीको निर्देशनमा कुन प्रलोभनमा कर्मचारी संगठन परे भन्ने प्रश्न पनि गम्भिर छ । नेपाली कांग्रेसनिकट केयुकेएल कर्मचारी संघ, कांग्रेसनिकट अर्को लोकतान्त्रिक कर्मचारी संघ, राप्रपानिकट कर्मचारी कल्याण परिषद्, नेपाल कम्युनिस्ट पार्टीनिकट स्वतन्त्र कर्मचारी संघ, सवारीचालक एसोसिएसनले संयुक्त रूपमा आन्दोलन गरिरहेका छन् ।
प्रमुख कार्यकारी अधिकृत भएर आएपछि शाक्यले आफना प्रतिबद्धता पुरा गर्न सकेका छैनन् । जसका कारण केयुकेएलमा झनै बेथिति मौलाएको स्वयम् सञ्चालक समितिका अध्यक्ष तिरेसप्रसाद खत्री स्वीकार गर्छन । शाक्यको नियुक्तीसँगै कर्मचारी र उनको टसल बारम्बार परेको देखिन्छ । केयुकेएलमा यतिबेला बेथितिका चाङ नै लागेका छन् । तर, शाक्यले केयुकेएलमा देखिएको बेथितिलाई समाधान गर्न भन्दापनि मलजल गरिरहेको आरोप उनीमाथि लागेको छ ।
मन परेको ब्यक्तीले सरुवा र मन नपरेको ब्यक्तीलाई कामै गर्न नदिने अवस्था पनि सिर्जना गरेकै कारण कर्मचारी संगठनहरुमै मनमुटाव छ । दलीय संगठन मात्रै होइन एउटै दलका दुई दुई वटा संगठन बनाएर केयुकेएलमा काम भन्दापनि राजनीति बढी हावी भएको प्रष्टै देखिन्छ । सर्वसाधारणले समयमै खानेपानी पाउन सकेका छैनन् । तर, कर्मचारी भने सरुवा, बढुवा र कमाउ अड्डा खोजेरै दिन कटाइरहेका छन् । संगठनको अध्यक्षको बलमा क्वाटरमा बस्नेदेखि सुविधायुक्त शाखामा सरुवासम्मको छुट उनीहरुले पाइरहेका छन् ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #अत्यावश्यक क्षेत्रमा बन्द, #काठमाडौं उपत्यका खानेपानी लिमिटेड, #केयुकेएलमा झनै बेथिति, #खानेपानी मन्त्री उमाकान्त चौधरी, #हडताल गर्न नपाइने
ताजा खबर
- १कांग्रेसमा उठ्यो राज्यमन्त्री कान्छारामलाई हटाइएको विषय
- २लण्डनको थेम्स नदीमा भेटिएको शव नेपाली विद्यार्थी ओलीकै भएको पुष्टि
- ३सभापतिमाथि लगाएको मुद्दामा दम छैन, सरकारको प्रतिशोध मात्रै होः सोबिता गौतम
- ४भारतले पाकिस्तानबाट हुने आयातमा लगायो पूर्ण प्रतिबन्ध
- ५समाजवादको आधार तयार पारेर मात्रै दुनियाँबाट बिदा हुने संकल्प लिएको छुः प्रचण्ड
तपाईको कमेन्ट लेख्नुहोस्