अर्थमन्त्री जनार्दन शर्माले भने करको दर हेरफेर गर्ने अधिकार मेरो हो
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले करको दर हेरफेर गर्नु आफ्नो क्षेत्राधिकारको विषय भएको भन्दै अनावश्यक गलफक्ती नगर्न चेतावनी दिएका छन् । सोमबार राष्ट्रिय सभामा उठेका प्रश्नहरूको जवाफ दिने क्रममा अर्थमन्त्री शर्माले आफूले देशको हितमा हुने गरी करको दरमा तलमाथि गरेको दाबी गरेका हुन ।
बजेटमा आफूले लिएको सबै निर्णयको जबाफदेहिता लिन तयार रहेको उनको भनाइ छ । उनले भने, ‘अर्थमन्त्रीले करको दर घटायो, बढायो भनिएको छ । यो त अर्थमन्त्रालयले गर्ने काम नै हो । गर्नै पर्ने कुरा हो । यो घटबढ गर्दा देशलाई के भयो ? उपभोग्य सामग्रीहरूमा बढाइयो कि घटाइयो भन्ने चाहिँ छलफलको विषय हुन सक्छ ।
मैले देशको अहित हुने गरी करको दरमा परिवर्तन गरेको छैन ।’ आफूले ल्याएको बजेटले तल्लो वर्गलाई समेटेको र व्यवसायिक क्षेत्रलाई प्रोत्साहित गरेको दाबी अर्थमन्त्री शर्माले गरे । आफूले प्रतिष्ठित व्यवसायी, अर्थविद् तथा प्रबुद्ध व्यक्तिहरूसँग परामर्श गरेर बजेट बनाएको अर्थमन्त्रीले बताए । बाहिर उठेको विवादलाई लिएर आफूले राजीनामा नदिने अर्थमन्त्रीले जिकिर गरे ।
क्याटेगोरी : अर्थ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #अर्थमन्त्री जनार्दन शर्मा
ताजा खबर
- १‘लुटतन्त्र‘ सच्याउने मोडमा छौँ, इमान्दार व्यवसायी डराउनु पर्दैनः अर्थमन्त्री स्वर्णिम वाग्ले
- २सरकारको कार्यशैलीप्रति गगन थापाको प्रश्नः ‘हाम्रो नम्रतालाई कमजोरी नठानियोस्’
- ३सरकारले एकपछि अर्को जनविरोधी काम गरिरहेको छः माधवकुमार नेपाल
- ४बल्खुका सुकुम्बासीको आक्रोशः विकल्प र पूर्वजानकारी बिना नै बस्ती हटाइएको गुनासो
- ५सुकुम्बासीको ‘स्क्रिनिङ’: १ सय ६४ जनाले बुझाए विवरण



तपाईको कमेन्ट लेख्नुहोस्