Techie IT
  • २७ भदौ २०८२, शुक्रबार

तलब माग्दै निरन्तर आन्दोलन, ६ पत्रकारले १० लाख पाउन बाँकी


रुकुमपश्चिम । जिल्लाको आठबिसकोट नगरपालिकामा रहेको रेडियो नयाँ नेपालमा कार्यरत पूर्व पत्रकार तथा कर्मचारीले तलव नपाएको भन्दै निरन्तर आन्दोलन गरिरहेका छन् । उनीहरुले रेडियोमै धर्ना दिएपनि सञ्चालकले भने तलव दिने आश्वासन नै दिएका छैनन् ।

आईतबार उनीहरुले आफूले काम गरेको पारिश्रमिक पाउनुपर्ने माग गर्दै एक घण्टा धर्ना बसे । रेडियोमा कार्यरत ६ जना पत्रकार तथा कर्मचारीहरले करिब दुई बर्ष सम्म काम गरेको पारिश्रमिक नपाएपछि आन्दोलन गरिरहेका छन् । उनीहरुले गत ७ गते देखि पारिश्रमिक माग गर्दै बिभिन्न कार्यक्रम गर्दै आएका छन् ।

उनीहरुको आन्दोलनमा सुरुवात देखि नै नेपाल पत्रकार महासंघ रुकुम पश्चिम ऐम्यबद्धता जनाइरहेको छ । महासंघ सहित जिल्लास्थित पत्रकारका विभिन्न संघ संगठनहरु नेपाल प्रेस युनियन, प्रेस चौतारी नेपाल, श्रमजीवि पत्रकार संघ नेपाल र प्रेस सेन्टर नेपालले आन्दोलनमा साथ दिएका छन् ।

रेडियोमा काम गरेका ६ जना पत्रकारले आफुहरुले करिब १० लाख रुपैंया पाउन बाँकी छ । गत बर्ष पत्रकार महासंघ रुकुमको समन्वयमा रेडियो सञ्चालन समिति र पीडित पत्रकारहरु बिच पारिश्रमिक दिलाउन सहमति गरिएको थियो । सहमति अनुसार पत्रकारहरुले भुक्तानी पाएका छैनन् ।


क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #आठबिसकोट नगरपालिका, #तलव नपाएको

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं