Techie IT
  • २४ वैशाख २०८२, बुधबार
KhojPatrika

पेट्रोलियम पदार्थको मूल्य घटाउने सत्तारुढ गठबन्धनले गर्यो निर्णय


काठमाडौं । सत्तारुढ गठबन्धनको बैठकमा कर कम गरेर पेट्रोलियम पदार्थको मूल्य घटाउने सहमति भएको छ । बैठकमा शनिबार नै मन्त्रिपरिषद्को बैठक बोलाएर पेट्रोलियम पदार्थमा लगाउँदै आएको कर कम गर्ने र आयल निगमलाई मुल्य घटाउन निर्देशन दिने सहमति भएको बताइएको छ ।

प्रधानमन्त्री निवास वालुवाटारमा बसेको गठबन्धनको बैठकमा गठबन्धनका संयोजक एंव कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले आम नागरिकको चुल्हो नै नबल्ने अवस्था आउन लागेको भन्दै सरकारले बजारमा हस्तक्षेप गर्नुपर्ने, बजारको अनुगमन कडाइका साथ गर्नुपर्ने र पेट्रोलिय पदार्थको मूल्य पनि घटाउन पर्ने प्रस्ताव अघि सारेका थिए ।

सरकारले बजार अनुगमनलाई पनि कडाइ गर्ने सहमति गठबन्धनको बैठकमा भएको बताइएको छ । खाद्य संस्थान र साल्ट ट्रेडिङमा नागरिकलाई सस्तोमा उपभोग्य सामान उपलब्ध गराउनुपर्ने अवस्था आइसकेको छ ।

सरकारले राज्यका सबै निकायलाई प्रयोग गरेर मूल्य वृद्धिलाई नियन्त्रण गर्नुपर्ने नेता पौडेले बताएका छन् । नेता पौडेलले आज शनिबार वा आइतबारसम्म मन्त्रिपरिषद् बैठक बसेर पेट्रोलियम पदार्थमा लगाइएको कर घटाउने जानकारी दिए ।


क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #पेट्रोलियम पदार्थको मूल्य, #बजारमा हस्तक्षेप

तपाईको कमेन्ट लेख्नुहोस्