सर्वनाम शिक्षालयमा वार्डेनको यौन दुर्व्यवहार,छात्रालाई बोक्नेदेखि उचाल्नेसम्मको हर्कत
काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिका–६ स्थित जोरपाटी बाहुनधारास्थित सर्वनाम शिक्षालयका छात्रावास प्रमुख (वार्डेन) यौन दुब्र्यवहार गरेको आरोपमा रामजी बस्नेत थुनामा छन् । शिक्षालयमा अध्ययनरत ३ जना छात्रामाथि उनले यौन दुर्व्यवहार गरेको आरोप हो ।
जिल्ला प्रहरी कार्यालय रामेछापसँगको समन्वयमा प्रहरी वृत बौद्धले बस्नेतलाई जेठ २१ मा पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । रामेछापको गोकुलगंगा गाउँपालिका–२ ठोसे घर भएका बस्नेत दुई वर्षदेखि स्कुलको छात्रावास प्रमुख रहेका थिए । उनीविरुद्ध कक्षा ७ मा अध्ययनरत ११ वर्षीया, कक्षा ८ मा अध्ययनरत १२ वर्षीया र कक्षा १० मा अध्ययनरत १४ वर्षीया किशोरीले यौन दुर्व्यवहार गरेको आरोपमा जाहेरी दिएका थिए ।
करिब ६ महिनादेखि वार्डेनले आफना संवेदनशिल अंगहरूमा छुने र सुम्सुम्याउने गरेको किशोरीहरुले प्रहरीलाई बताए । छात्राहरुले अभिभावकलाई भनेपछि घटना बाहिरिएको थियो । होस्टल वार्डेन बस्नेतले छात्रालाई बोक्थे, उचाल्थे । अनि, सोध्थे–कत्ति केजी छौ ? भनेर ।
बस्नेतलाई हिरासतमा राखेर अनुसन्धान भइरहेको छ । उनीविरुद्ध प्रहरीले ‘बाल यौन दुरुपयोग गर्न नहुने कसुर’मा मुद्दा चलाएको छ । यसअघि सेन्ट लरेन्स कलेजमा यौन दुव्र्यहार गरेको आरोप लागेका दुई जना शिक्षकलाई अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश गरेको छ ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #काठमाडौंको गोकर्णेश्वर, #प्रहरी वृत बौद्ध, #सर्वनाम शिक्षालय
ताजा खबर
- १कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् २९७ सदस्यीय कार्यसमिति
- २गगन थापाको घोषणा : कांग्रेसमा आजदेखि सबै गुट सकियो, अब कुनै समूह छैन
- ३रसायनशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सका कागन र जापानका सोईलाई
- ४चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरण अनुसन्धान बिभागको छापा
- ५कांग्रेस सभापतिको उम्मेदवारी फिर्ता गर्ने किशोरसिंह राठोरको घोषणा, गगन थापालाई समर्थन



तपाईको कमेन्ट लेख्नुहोस्