Techie IT
  • २५ वैशाख २०८२, बिहीबार
KhojPatrika

धमाधम अस्पतालले बन्द गर्न थाले स्वास्थ्य बीमा कार्यक्रम,बीमा बोर्ड भन्छ भुक्तानी दिन्छौं


काठमाडौं । राजधानीकै ठूला अस्पतालले धमाधम स्वास्थ्य बीमा कार्यक्रम बन्द गर्न थालेका छन् । नागरिकका लागि स्वास्थ्य उपचार सेवामा सहज र सहुलियतका लागि भन्दै २०७२ चैत देखि कैलालीबाट सुरु भएको स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी हुन सकेको छैन् । एकातिर सरकार र स्वास्थ्य संस्था बीचको द्धन्द अनि बिमितले औषधि तथा समयमा स्वास्थ्य सेवा नपाउनु, सेवा प्राप्त गर्न लामो समय लाइन कुुर्न बाध्य हुनु, जस्ता विषयले बीमा कार्यक्रमप्रति नागरिकको विश्वास घट्दो छ ।

अर्काे तर्फ कार्यक्रम सुरु भएको ६ बर्षमा ७७ वटै जिल्लामा कार्यक्रम लागु भएपनि कार्यक्रम सञ्चालन गर्नका लागि सरकारले सम्झौता गरेका अस्पतालमामा बिमा रकम भुक्तानि नगरेको कारण बिमा कार्यक्रमनै स्थगित गर्दै छन् । २५ करोड भुक्तानी पाउन बाकी भएको भनिएको धुलिखेल अस्पतालले असार मसान्तसम्म भुक्तानी रकम नपाए सेवा बन्द गर्ने अवस्थामा पुगेको अस्पताल प्रसाशनले जनाएको छ ।

त्रिवि शिक्षण अस्पतालले पाउनुपर्ने ८ करोड रकम भुक्तानि नगरेको भन्दै असार १५ गतेबाट बिमा सेवा स्थगित गर्ने बताएको छ । यी त उदाहरण मात्रै हुन् सरकारले बीमा कार्यक्रम लागू गरेका ४ सय ३० वटा स्वास्थ्य संस्था कयौ अस्पतालले बीमितको उपचार गरेवापतको रकम नपाएको भन्दै गुनासो गरेका छन् । लामो समयदेखि बीमितको उपचार गरेवापतको रकम भुक्तानी नपाएर अस्पतालहरुले स्वास्थ्य बीमा कार्यक्रम स्थगित गर्न थालेपछि बिमित नागरिक सेवाबाट वञ्चित हुनेछन् नै, स्वास्थ्य बीमा कार्यक्रम नै अलपत्र पर्ने जोखिम बढेको छ ।

बिमा वोर्डले भन्यो भुक्तानी छिट्टै दिन्छौं सेवा नरोक्नु
स्वास्थ्य बीमा बोर्डले सेवा प्रदायक संस्थाहरुलाई नियमित रुपमा सेवा प्रवाह गर्न अनुरोध गरेको छ । बिहिबार प्रेस विज्ञप्ति जारी गर्दै बोर्डले स्वास्थ्य संस्थाले बिमितको उपचार गरेबापतको दाबी भुक्तानी यथाशिघ्र गर्ने कार्यमा रहेको जानकारी दिएको हो ।

स्वास्थ्य बीमा कोषमा व्यवस्थापन तथा संचालन कार्यविधि, २०७८ अनुसार स्वास्थ्य बीमा कोष स्थापना भई बोर्डमा प्राप्त सम्पूर्ण रकम उक्त कोषमा मौज्दात रहने व्यवस्था छ,’ विज्ञप्तिमा भनिएको छ,’ परीक्षण भएका दाबी रकमलाई भुक्तानी यथाशिघ्र गर्ने कार्यमा बोर्ड लागिपरेको छ ।

स्वास्थ्य बीमा बोर्डका अनुसार अहिलेपनि सूचिकृत स्वास्थ्य संस्थालाई ६ अर्बभन्दा बढी भुक्तानी दिन बाँकी छ । जनशक्तिको अभाव देखाउदै समयमा भुक्तानी गर्न नसकेको स्वास्थ्य बिमा बोर्डका निर्देशक दामोदर बसौला बताउछन् । जनशक्तिका लागि बोर्डले २०७७ सालमै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा स्थायी दरवन्दी बनाएर पठाएपनि अहिलेसम्म स्वीकृत नभएको बसौला बताउछन् ।

सरकारले स्वास्थ्य बीमा कार्यक्रम अगाडि बढाएपनि यसलाइ प्रभावकारी ढगंले सञ्चालन नगर्दा कार्याै बिमितले सेवाबाट बञ्तिहुनुपर्ने अवस्था देखिएको छ । स्वास्थ्य बिमा सबै नागरिकको पहुँचमा पुर्याउन र प्रभावकारी ढगंले सेवा सञ्चालन गर्न आवश्यक छ ।


क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #स्वास्थ्य बीमा कार्यक्रम बन्द

तपाईको कमेन्ट लेख्नुहोस्