रवि लामिछानेले आज राष्ट्रिय सभागृहबाट उमेद्वारी घोषणा गर्दै
काठमाडौं । रवि लामिछानेले आज उमेद्वारी घोषणा गर्दैछन् । राष्ट्रिय सभागृहमा हुने कार्यक्रममा उनले औपचारिक रुपमा उमेद्वारी घोषणा गर्न लागेका हुन् ।
ग्यालेक्सी टेलिभिजनबाट राजीनामा दिएका लामिछानेले आगामी प्रतिनिधिसभाको चुनावमा काठमाडौंबाट उम्मेदवारी दिन चाहेका छन् । तर, स्वतन्त्र लड्ने वा कुनै पार्टीबाट भन्ने अहिलेसम्म खुलाएका छैनन् ।
पार्टी प्रवेश गर्ने वा स्वतन्त्र लड्नेभन्दा आफैँले पार्टी निर्माण गर्ने निधोमा लामिछाने पुगेको बताइएको छ । संघीय चुनावमा समानुपातिकतर्फ आफ्नो पार्टीले राम्रो नतिजा ल्याउने अपेक्षासहित उनले यो निर्णय लिएको बुझिएको छ ।
रविले काठमाडौंको बसुन्धारामा आफ्नो कार्यालय स्थापना गरिसकेका छन् । ग्यालेक्सी टेलिभिजनबाट राजीनामा दिएपछि उनले कार्यालय खोलेर चुनावी अभियान सुरु गरिसकेका छन् ।
क्याटेगोरी : जीवनशैली, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #प्रतिनिधिसभाको चुनाव, #रवि लामिछाने
ताजा खबर
- १युद्धको भिडियो र फोटो सामाजिक सञ्जालमा हाल्ने ६ नेपाली पक्राउ, कडा कारबाही र डिपोर्ट हुनसक्ने परराष्ट्रको चेतावनी
- २सेवा प्रवाह प्रभावकारी बनाउन काठमाडौं प्रशासनमा ‘सार्वजनिक सम्बोधन प्रणाली’ लागू
- ३नयाँ जनादेशले देशलाई स्थायित्व, विकास र समृद्धितर्फ अघि बढाउने आशा जगायो : प्रधानमन्त्री
- ४पैसाको सदुपयोग गर्न जान्नुपर्छ– गभर्नर
- ५ड्रोन आक्रमणपछि दुबई विमानस्थल अस्थायीरुपमा बन्द



तपाईको कमेन्ट लेख्नुहोस्