देउराली सहकारी संस्थाको काउण्टर सोमबारदेखि खुल्ने, अफवाहमा नपर्न सेवाग्राहीलाई अपिल

काठमाडौं । ललितपुरको सातदोबाटोस्थित देउराली बहुउदेश्यीय सहकारी संस्थाले सोमबारदेखि नियमित सेवा सुरु गर्ने भएको छ । सहकारी डुब्न लागेको भन्ने अफवाह फैलाइएको भन्दै सहकारीले सोमबारदेखि नियमित काम सुरु गर्ने बताएको हो ।
कोरोना महामारीका कारण नेपाली अर्थतन्त्र र बैकिङ क्षेत्रमा परेको समस्यालाई तत्काल समाधान गर्ने गरी काम अघि बढाउन लागिएको सहकारीले एक बिज्ञप्ती जारी गरी जनाएको छ ।
केही महिनादेखि सातदोबाटो कार्यालयबाट दिन प्रतिदिन ठुलो धन राशी भुक्तानी हुन गएको र सस्थाले सहकारीको मर्म अनुरुप जगेडा कोषमा जम्मा गरेको रकम समेत भुक्तानी हुन गएका कारण अव आन्तरिक बाह्य र विबिध स्रोतबाट तरलता ब्यबस्थापनमा लागि परेको बचतकर्ता तथा शेयर सदस्यहरुलाई सहकारीले जानकारी दिएको छ ।
सातदोबाटोको केन्द्रीय कार्यालयबाट प्रबाह भइरहेको नगद भुक्तानी ३ दिनको लागि मात्र बन्द गरेको कुरालाई केही सञ्चार माध्यमले कपोकल्पित र तथ्यहिन समाचार प्रकाशित गरेको समेत सहकारीले दाबी गरेको छ ।
सोमबार बाट नियमित काउन्टर खुल्ने र असार मसान्तसम्म आंक्षिक भुक्तानी र यो आर्थिक बर्षको अन्त्य र नयाँ आर्थिक बर्षको सुरुसंगै सहकारीलाई पूर्वबत अवस्थामा सञ्चालन गर्ने सञ्चालकले प्रतिबद्धता समेत जनाएका छन् ।
क्याटेगोरी : अर्थ, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #जगेडा कोष, #देउराली बहुउदेश्यीय सहकारी
ताजा खबर
- १पार्टी घोषणाको एकसाता नपुग्दै वामदेव गौतम निष्कासित,लगाइयो ५ गम्भिर आरोप
- २कालिमाटीको स्मृति बचत तथा ऋण सहकारी संस्था भाग्न खोजेपछि पर्यो स्थानीय र प्रहरीको फन्दामा
- ३स्वतन्त्रबाट चुनाव उठ्दा स्नातक अनिवार्य पास,६८ वर्षमाथिलाई निषेध गर्ने गरी बन्यो मापदण्ड
- ४टेवा बहुउद्देश्यीय सहकारीले गर्यो ज्येष्ठ शेयर सदस्यहरुलाई सम्मान
- ५करिव १८ करोड ठग्ने सहकारी संचालक सिआइबीको फन्दामा
तपाईको कमेन्ट लेख्नुहोस्