सिसडोलमा रंगशाला बनाउनेबारे मेयर बालेन्द्र साह र पंकजविक्रम नेम्बाङबीच छलफल
काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन्द्र साह र अखिल नेपाल फुटबल संघ (एन्फा) को निर्वाचनमा अध्यक्षका उम्मेदवार पंकजविक्रम नेम्बाङबीच ग्रासरुट फुटबल र सिसडोलमा रंगशाला निर्माण गर्नेबारे छलफल भएको छ ।
बालेनले भने ‘लिग खेल्ने काठमाडौंका क्लबहरूमा बाहिरका खेलाडीकै वर्चस्छ छ, स्थानीय खेलाडी टिममा हुनै छाडेको छ, त्यसैले महानगरका क्लबबाट खेल्ने खेलाडी उत्पादन गर्नको लागि सम्बन्धित पक्षसँग सहकार्य गर्दै ग्रासरुट फुटबलका कार्यक्रम सञ्चालन गर्न चाहन्छौं ।
सिसडोलको ल्यान्डफिल साइट जुन काठमाडौ भन्दा १२ किलोमिटर मात्र टाडा छ अहिले को फोहोरलाई उचित व्यवस्थापन गरेर सुन्दर रंगशाला तथा पार्क निर्माण गर्न चाहने उनको सोच छ । टुँडिखेल लगायत महानगरका अन्य पार्क र मैदानमा राती खेल्नमिल्ने गरी फ्लडलाइट जडान गर्ने पनि उनले बताए ।
अहिले पनि काठमाडौ महानगरले महानगरमा भएको ए डिबिजनको क्लबहरु लाई प्रत्येक वर्ष १० लाख दिने गरेको छ । नेम्बाङले नेपाली फुटबलको विकास, विस्तार र कार्यक्रमबारे मेयर बालेनसँग सहकार्य गर्न तयार रहेको उल्लेख गरे । उनले भने हामी महानगरमा फुटबलको विकास र कार्यक्रममा सञ्चालनमा सहकार्य गर्न तयार छौं ।
क्याटेगोरी : खेलकुद, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #पंकजविक्रम नेम्बाङ, #मेयर बालेन्द्र साह
ताजा खबर
- १एमाले ११ औं महाधिवेशन बन्दसत्र (तस्बिरहरु)
- २मन्त्रालयमै जेन–जी कक्ष राखेर युवालाई रोजगारीको व्यवस्थापन गर्छौंः श्रममन्त्री भण्डारी
- ३मुलुकमा नातावाद, कृपावाद र पक्षपातको अन्त्य हुनुपर्दछः प्रधानमन्त्री कार्की
- ४सरकारले संघीय संसदलाई अदृश्य ढंगले बन्देज लगाउने प्रयास गरिरहेको छः देवराज घिमिरे
- ५प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको गुनासोः ‘प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ’



तपाईको कमेन्ट लेख्नुहोस्