गोदावरी नगरपालिकाले गर्यो पहिलो नगर स्तरीय रोभर रेन्जर क्याम्प

ललितपुर । ललितपुरको गोदावरी नगरपालिका स्काउट कार्यालयको आयोजनामा पहिलो नगर स्तरीय रोभर रेन्जर क्याम्प गरेको छ । तीनदिनसम्म चल्ने क्याम्प विशङ्खुनारायण मावि प्राङ्गणमा आयोजना गरिएको हो । शनिबार नगरपालिकाका मेयर गजेन्द्र महर्जनले क्याम्पको उद्घाटन गरे ।
नगरपालिकाले पहिलोपटक स्काउटमा आधारित यस्तो क्याम्प आयोजना गरेको हो । तीनदिने स्काउट शिविरमा ४५ जना विद्यार्थी सहभागी छन् । रोभर रेन्जर क्याम्पले विद्यार्थीलाई स्काउटका गतिविधिमा सामेल गराउने नगरपालिकाका मेयर महर्जनले बताए । उनले गोदावरी भरीका सबै विद्यालयमा स्काउटको उपस्थिति गराउने जानकारी समेत गराए ।
‘स्काउटले नैतिकता सिकाउछ, सम्यम्ता र उद्दार कार्यमा जुट्न सिकाउछ‘, उनले भने, ‘अब निकट भविस्यमा पनि बजेटको व्यवस्थापन गर्नेछौँ ।‘ उममेयर मुना अधिकारीले नगरपालिकालाई स्काउटमय बनाउने बताइन् । उनले स्काउटका गतिविधिले विद्यार्थीलाई उद्दार कार्यमा जुट्न र विपदमा लड्न सिकाउने बताइन् । स्थानीय तहमा स्काउटको अधिकार प्रत्यायोजन भएसँगै पहिलोपल्ट गोदावरी नगरपालिकाले उक्त शिविर तथा क्याम्प आयोजना गरेको हो।
हाल गोदावरीमा स्काउटले आफ्नो कार्यालय पनि स्थापना गरिसकेको छ। स्काउटका गतिविधिमा विद्यार्थीलाई अभ्यस्त गराएर आपतकालीन अवस्थामा चाहिने जनशक्ति तयार पार्न शिविर आयोजना गरिएको संयोजक दिपक अर्यालले जानकारी दिए । सो अवसरमा स्काउटका बिद्यार्थीलाई शशस्त्र प्रहरीले विपद व्यवस्थापन, नेपाल प्रहरीले समुदाय प्रहरी कार्यक्रम अन्तर्गत लागु औषध र साइबर सम्बन्धी तालिम र वरिष्ठ पत्रकार भवानी बरालले नैतिक शिक्षा र स्काउटको बारेमा प्रशिक्षण दिएका थिए ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #गोदावरी नगरपालि, #रोभर रेन्जर, #स्काउट कार्यालय
ताजा खबर
- १डा.बाबुराम भट्टराईको प्रस्ताव प्रत्यक्ष निर्वाचित राष्ट्रपति, सांसद मन्त्री बन्न नपाउने
- २लुम्बिनी प्रदेशको बजेट आइबार आउँदै, चालू आवभन्दा घटाइँदै
- ३मन्त्री पन्तले भने निजी विद्यालयलाई निषेध गरेर जान सकिँदैन
- ४०८३ को मंसिर अघि नै महाधिवेशन हुन्छः गगन थापा
- ५जनार्दन शर्मालाई पार्टी छोड्न नभनेको प्रचण्डको दाबी
तपाईको कमेन्ट लेख्नुहोस्