अमेरिकी दूतावासले भन्योः एसपीपी कार्यान्वयन गर्ने कि रद्द, नेपालको हातमा छ
काठमाडौं । स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) कार्यान्वयन गर्ने कि रद्द गर्ने नेपालको हातमा रहेको नेपालस्थित अमेरिकी दूतावासले बताएको छ । एसपीपी कार्यान्वयनको विषयलाई लिएर नेपालमा चर्को बहस छ ।
सरकारलाई यो कार्यक्रम स्वीकार नगर्न प्रमुख प्रतिपक्षी दल नेकपा एमाले मात्र होइन, स्वयं सत्तारुढ दलका सांसदहरुले नै दबाव दिएका थिए । बिहीबार गृहमन्त्री बालकृष्ण खाँणले पनि स्टेट पार्टनरसीप प्रोग्राम नेपालले स्वीकार नगरेको र गर्न पनि नसक्ने बताएका थिए । यद्यपि स्टेट पार्टनरसीप प्रोग्राममा समावेश गर्न सरकारको सहमतिमा नेपाली सेनाले सन् २०१५ मा पत्रचार गरेको खुलेको छ ।
काठमाडौंस्थित अमेरिकी दूतावासका नियोग उपप्रमुख मानुअल मिकलरले पनि सन् २०१५ र २०१७ मा एसपीपीमा सहभागी हुन नेपालले आवेदन दिँदा यहाँको नागरिक, सरकार र सेनासँग खुला छलफल गरिएको बताए ।
अहिलेसम्म एसपीपी अन्तर्गत कुनै पनि कार्यक्रम सुरु नभएको र नेपालले यसलाई स्वीकृत गरेपछि मात्रै कार्यन्वयनमा जाने उनले बताए । अहिलेसम्म सहभागी भएका ९० वटा देशमध्ये बेलारुस मात्र यो कार्यक्रमबाट बाहिरिएको छ ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #अमेरिकी दूतावास, #एसपीपी
ताजा खबर
- १मिटरब्याजलाई गम्भीर आर्थिक अपराध घोषणा गर्ने तयारी, विशेष ऐन र न्यायाधीकरण गठन गरिने
- २तीन महिनामा विपद्मा परि १६० जनाको मृत्यु
- ३तीज गीत ‘केटी पार्टी’ सार्वजनिक (भिडियोसहित)
- ४सुकुम्बासी समस्या समाधानका लागि जग्गाको स्वामित्वभन्दा आवासको सुनिश्चितता आवश्यक : डंगोल
- ५सन् २०२६ को पहिलो ६ महिनामा चीनको वैदेशिक व्यापारमा १६.९ प्रतिशतको वृद्धि



तपाईको कमेन्ट लेख्नुहोस्