दुई-तीन लाखमा टेकुको फोहोरबाट विद्युत उत्पादन प्लान्ट बन्छः मेयर बालेन साह
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले टेकुमा रहेको फोहोरबाट बिजुली उत्पादन गर्ने प्लान्ट मर्मत गरी सञ्चालनमा ल्याउन सकिने बताएका छन्।
बुधबार काठमाडौंमा भएको कार्यक्रममा उनले सो प्लान्ट मर्मत गरेर सञ्चालन गर्न सकिने बताएका हुन्। ‘हाम्रो टेकुमा रहेको विद्युत उत्पादन गर्ने प्लान्ट छ। त्यो बनाउन सकिँदो रहेछ। करोडौं लाग्दैन दुई-तीन लाख खर्चेर विद्युत उत्पादन गर्न सकिन्छ,’ मेयर बालेनले भने ।
मेयर बालेनले काठमाडौं महानगरपालिकाले बुधबारदेखि ब्रुमरले बाटो सफा गर्ने काम सुरू गरिसकेको जानकारी दिए । ब्रुमरको सानो पाइपमात्रै बिग्रिए पनि थन्काएर राखेको भन्दै मर्मत गरी चलाउने थालिएको उनको भनाई छ । ‘कर्मचारीतन्त्रको कुरामा हामीले विभिन्न कदमहरू चालिसकेका छौं। हरेक कर्मचारीको रूममा सिसिटिभी राखेका छौं।
गाडीहरू मर्मतकै लागि पनि कर्मचारीले मर्मत गर्न नपाउने, महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रले नै गर्छ,’ उनले भने,‘किनभने मर्मत गर्दा तेल, सामान चोरी हुने गरेको देखियो।’ त्यसलाई नियन्त्रण गछौं ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, समाचार, सामाजिक सञ्जाल
ट्याग : #काठमाडौं महानगरपालिका, #बिजुली उत्पादन
ताजा खबर
- १संक्रमणकालिन अवस्थाको गम्भीर असर मुलुकको आर्थिक वृद्धिदरमा पर्ने
- २५ हजार कैदी अझै फरारः खोजतलासका लागि कार्यदल गठन
- ३गृहमन्त्रीले जेन–जीका माग पूरा गर्दैनन्ः सुदन गुरुङ
- ४सुशासन र सुरक्षाका चुनौतीबीच दृढ नेतृत्व प्रदर्शन गर्नेछुः महानिरीक्षक कार्की
- ५नेशनल आइडी कार्ड बनाएका नेपालीले मतदाता नामावली संकलन गर्न अनलाइन फारम मात्रै भरे पुग्छः रामप्रसाद भण्डारी



तपाईको कमेन्ट लेख्नुहोस्