मन्त्री प्रेम आलेले भने आनन्द प्रालिले धर्मशाला नछाडे बल प्रयोग गरेर हटाइन्छ
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नेपाल–भारत धर्मशाला बल प्रयोग गरेर खाली गरिने चेतावनी दिएका छन् ।बुधबारको प्रतिनिधिसभाको बैठकमा मन्त्री आलेले अब प्रहरी प्रशासनको सहयोगमा धर्मशाला जुनसुकै समयमा खाली गराइने बताएका हुन् ।
उनले धर्मशाला प्रयोग गरिरहेको आनन्द प्रालिलाई होटल खाली गर्न एक साताको म्याद दिइएको जानकारी दिए । उक्त म्याद जेठ ३१ गते नै सकिई सकेपनि धर्मशाला खाली नभएकोले अव बल प्रयोग गरिने मन्त्री आलले चेतावनी दिए । तोकिएको समयमा कम्पनीले धर्मशाला खाली नगरेको पाइएपछि अब बल प्रयोग गरेर खाली गरिन्छ मन्त्रत्री आलेले बताए ।
‘पशुपति क्षेत्रमा रहेको नेपाल–भारत धर्मशाला करार सम्झौता गर्न बतास समूहले लगानी गरेको होटल आनन्द प्रालिले विभिन्न सर्त उल्लंघन गरेको आलेले बताए । आनन्द प्रालिसँगको सम्झौता रद्द भइसकेको छ । होटल आनन्द प्रालि पशुपति क्षेत्र विकास कोषको निर्णयविरुद्ध अदालत पुगेको थियो । यस विषयमा अदालतले कोषको पक्षमा तीन पटक फैसला गरिसकेको छ ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #नेपाल–भारत धर्मशाला, #पर्यटन तथा नागरिक, #प्रेमबहादुर आले, #संस्कृति
ताजा खबर
- १रास्वपामा रवि लामिछानेकै नेतृत्व आवश्यक भएको रञ्जु न्यौपानेको दाबी
- २जेन–जी आन्दोलनसम्बन्धि मानव अधिकार आयोगको सिफारिस गैर संवैधानिक छः बार अध्यक्ष मिश्र
- ३सरकारका नीति र निर्णय जनहितविपरीत रहेको प्रचण्डको आरोप
- ४जग्गाको द्वेध स्वामित्व अन्त्य गर्न सरकार प्रतिवद्ध छः मन्त्री रावल
- ५अदालतको फैसलालाई सरकारको ‘हार–जित’ का रूपमा बुझ्नु संकुचित मानसिकताः मुख्य रजिस्ट्रार पौडेल



तपाईको कमेन्ट लेख्नुहोस्