मन्त्री प्रेम आलेले भने आनन्द प्रालिले धर्मशाला नछाडे बल प्रयोग गरेर हटाइन्छ
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नेपाल–भारत धर्मशाला बल प्रयोग गरेर खाली गरिने चेतावनी दिएका छन् ।बुधबारको प्रतिनिधिसभाको बैठकमा मन्त्री आलेले अब प्रहरी प्रशासनको सहयोगमा धर्मशाला जुनसुकै समयमा खाली गराइने बताएका हुन् ।
उनले धर्मशाला प्रयोग गरिरहेको आनन्द प्रालिलाई होटल खाली गर्न एक साताको म्याद दिइएको जानकारी दिए । उक्त म्याद जेठ ३१ गते नै सकिई सकेपनि धर्मशाला खाली नभएकोले अव बल प्रयोग गरिने मन्त्री आलले चेतावनी दिए । तोकिएको समयमा कम्पनीले धर्मशाला खाली नगरेको पाइएपछि अब बल प्रयोग गरेर खाली गरिन्छ मन्त्रत्री आलेले बताए ।
‘पशुपति क्षेत्रमा रहेको नेपाल–भारत धर्मशाला करार सम्झौता गर्न बतास समूहले लगानी गरेको होटल आनन्द प्रालिले विभिन्न सर्त उल्लंघन गरेको आलेले बताए । आनन्द प्रालिसँगको सम्झौता रद्द भइसकेको छ । होटल आनन्द प्रालि पशुपति क्षेत्र विकास कोषको निर्णयविरुद्ध अदालत पुगेको थियो । यस विषयमा अदालतले कोषको पक्षमा तीन पटक फैसला गरिसकेको छ ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #नेपाल–भारत धर्मशाला, #पर्यटन तथा नागरिक, #प्रेमबहादुर आले, #संस्कृति
ताजा खबर
- १कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् २९७ सदस्यीय कार्यसमिति
- २गगन थापाको घोषणा : कांग्रेसमा आजदेखि सबै गुट सकियो, अब कुनै समूह छैन
- ३रसायनशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सका कागन र जापानका सोईलाई
- ४चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरण अनुसन्धान बिभागको छापा
- ५कांग्रेस सभापतिको उम्मेदवारी फिर्ता गर्ने किशोरसिंह राठोरको घोषणा, गगन थापालाई समर्थन



तपाईको कमेन्ट लेख्नुहोस्