राज्यमन्त्री विमला वली प्रेमीको घरमा पुगी तोडफोड, श्रीमती र छोरीलाई कुटिन(फोटोसहित)
काठमाडौं । लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमलाकुमारी वलीले दाङको तुलसीपुरमा ताण्डप मच्चाएकी छन् । आफ्नो ‘प्रेमी’ को घर भन्दै भित्र छिरेर आतंक मच्चाएपछि वलीलाई प्रहरीले नियन्त्रणमा लिएर जिप्रका तुलसीपुरमा राखेको छ ।
मन्त्री वली आफ्ना एक पीएसओसहित प्रेमी एकराज बस्नेको तुलसीपुर–५ बसपार्क आलुमण्डीमा रहेको घरमा मंगलबार बिहान प्रवेश गरेकी थिइन् । घरभित्र छिरेर उनले ‘मेरो एकराज खोइ ?’ भन्दै एकराजकी श्रीमती र छोरीलाई समेत कुटपिट गरेको स्थानीयले बताएका छन् ।
उनले कोठाभित्रको दराजसमेत तोडफोड गरेकी छन् । घटना हुँदा एकराज घरमा थिएनन् । उनका आफन्तहरुले प्रहरीलाई खबर गरेका थिए । इप्रका तुलसीपुरबाट प्रहरी टोली आएर विमलालाई नियन्त्रणमा लिएको थियो ।
गत वर्ष भदौमा विमला वलीले आफ्नो फेसबुक स्टोरीमा एकराजलाई चुम्बन गरिरहेको फोटो राखेकी थिइन । त्यतिबेला उनको चौतर्फी आलोचना हुँदा समेत आफनो भाई भन्दै बचाउ गरेकी थिइन ।
विमलाका श्रीमानको दुर्घटनामा मृत्यु भएपछि उनी विवाहित पुरुष एकराजसँग नजिकिएकी हुन् । प्रेमीको घर भन्दै मन्त्रीको यो हर्कत देखेर सबै आश्चार्यमा परेका छन् ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार, सामाजिक सञ्जाल
ट्याग : #ताण्डप मच्चाएकी, #लुम्बिनी प्रदेशकी, #विमलाकुमारी वली
ताजा खबर
- १टिकटकर तुलसा अधिकारी पुर्पक्षका लागि जेल चलान
- २बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी
- ३सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिवद्ध छः परराष्ट्रमन्त्री खनाल
- ४बालेन सरकारका मन्त्रीहरुको सम्पत्ति छानविन नहुने,कार्यादेश नै दिइएन
- ५साहित्य, कला र संस्कृतिले राष्ट्रको आन्तरिक जीवन र चेतनाको निर्माण गर्ने सञ्चारमन्त्रीको दाबी



तपाईको कमेन्ट लेख्नुहोस्