माइला विकलाई बिद्युत प्रशारण लाइनको तारबाट उद्धार गरी काठमाडौं ल्याइयो
काठमाडौं । नुवाकोटको ककनी गाउँपालिका ७ स्थित त्रिशूली थ्रीए जलविद्युत आयोजनाको हाइटेन्सन तारमा झण्डै ११ घण्टा झुण्डिएका ४४ वर्षे माइला विकलाई काठमाडौं ल्याइएको छ । उनका कुनै पनि आफन्त सम्पर्कमा नआएपछि पाटनस्थित मानसिक अस्पतालमा बुझाउन उनलाई काठमाडौं ल्याइएको हो ।
नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नम्बर १३ घलेगाउँका माइला विकले ११ घण्टासम्म प्रहरी र जनप्रतिनिधिलाई हैरान पारेका थिए । उनी शनिबार बिहान १० बजे बिजुलीको पोलहुँदै तारमा चढेका थिए । यही कारण त्रिशूली थ्रीए जलविद्युत आयोजनाको उत्पादन ११ घण्टासम्म बन्द गरिएको थियो ।
बिद्युत बन्द हुँदा एक करोड प्राधिकरणलाई घाटा लागेको छ । उनी मानसिकरूपमा अस्वस्थ रहेको प्रहरीले जनाएको छ । दिनभर प्रयास गर्दा पनि प्रहरी र स्थानीय जनप्रतिनिधिले नसकेपछि सेनाले घटनास्थलमा पुगेर बिकलाई ओरालेको थियो ।
क्याटेगोरी : जनगुनासो, जीवनशैली, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #माइला विक, #हाइटेन्सन तार
ताजा खबर
- १कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् २९७ सदस्यीय कार्यसमिति
- २गगन थापाको घोषणा : कांग्रेसमा आजदेखि सबै गुट सकियो, अब कुनै समूह छैन
- ३रसायनशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सका कागन र जापानका सोईलाई
- ४चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरण अनुसन्धान बिभागको छापा
- ५कांग्रेस सभापतिको उम्मेदवारी फिर्ता गर्ने किशोरसिंह राठोरको घोषणा, गगन थापालाई समर्थन



तपाईको कमेन्ट लेख्नुहोस्