सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठमाथि आफनै पार्टीका नेताले गरे टेबुलमा बोत्तल प्रहार
काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठ र जनता समाजवादी पार्टीका सांसद रामबाबु यादवबीच चर्काचर्की भएको छ । सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठमाथि सिंहदरबारस्थित मन्त्री कक्षमै चर्काचर्की परेको हो ।
बिहीबार मन्त्रीको कार्यकक्षमा पुगेका सांसद यादव आफ्नो क्षेत्रमा बजेट नहालेको भन्दै मन्त्रीमाथि भौतिक हमलामा उत्रिएका थिए । मन्त्री श्रेष्ठमाथि हातपात हुन थालेपछि उनका पिएसओले बचाउ गरेका थिए ।
यद्यपि, मन्त्री श्रेष्ठका स्वकीय सचिव सुरज महर्जनले मन्त्रीमाथि हातपात भएको नभई चर्काचर्की मात्र भएको बताए । श्रेष्ठ जसपाबाटै सामान्य प्रशासनमन्त्री बनेका हुन् । योजनाहरू बजेटमा नपरेको भन्दै टेबल ठोक्नुका साथै पानीको बोतल यादवले बजारेका छन् ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #मन्त्री कक्षमै चर्काचर्की, #राजेन्द्र श्रेष्ठ
ताजा खबर
- १अस्पतालमा पीडितको गुनासोः कि सास कि लास भेट्न पाए हुन्थ्यो, अव त आशै मर्न थाल्यो
- २भोटेकोशी बाढीमा उद्धार र शव ब्यवस्थापनबारे सरकारमाथि प्रश्न, प्रधानमन्त्रीले दिए जवाफ
- ३रूस–युक्रेन युद्धको प्रभावबीच जी–२० अर्थमन्त्रीहरूको बैठक सकियो
- ४कांग्रेसमा संस्थापन इतर समूहको छुट्टै १५ औं महाधिवेशन, गगनको छुट्टै तयारी
- ५संसदमा बालेनः मन भक्कानिँदा पनि एकआपसमा बिलौना गर्ने समय छैन्



तपाईको कमेन्ट लेख्नुहोस्