सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठमाथि आफनै पार्टीका नेताले गरे टेबुलमा बोत्तल प्रहार
काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठ र जनता समाजवादी पार्टीका सांसद रामबाबु यादवबीच चर्काचर्की भएको छ । सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठमाथि सिंहदरबारस्थित मन्त्री कक्षमै चर्काचर्की परेको हो ।
बिहीबार मन्त्रीको कार्यकक्षमा पुगेका सांसद यादव आफ्नो क्षेत्रमा बजेट नहालेको भन्दै मन्त्रीमाथि भौतिक हमलामा उत्रिएका थिए । मन्त्री श्रेष्ठमाथि हातपात हुन थालेपछि उनका पिएसओले बचाउ गरेका थिए ।
यद्यपि, मन्त्री श्रेष्ठका स्वकीय सचिव सुरज महर्जनले मन्त्रीमाथि हातपात भएको नभई चर्काचर्की मात्र भएको बताए । श्रेष्ठ जसपाबाटै सामान्य प्रशासनमन्त्री बनेका हुन् । योजनाहरू बजेटमा नपरेको भन्दै टेबल ठोक्नुका साथै पानीको बोतल यादवले बजारेका छन् ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #मन्त्री कक्षमै चर्काचर्की, #राजेन्द्र श्रेष्ठ
ताजा खबर
- १सबैलाई निर्वाचनमा भाग लिने वातावरण बनाउन सरकारले आवश्यक कदम चालोस्ः अध्यक्ष दाहाल
- २सौराहामा रास्वपाको विस्तारित बैठक शुरु (तस्बिरसहित)
- ३बाबुराम भट्टराईको छलफलमाः जनार्दन शर्मादेखि डिपी अर्यालसम्म
- ४सुधनले मागे गृहमन्त्रीको राजीनामा, जेन–जीको माग पूरा नभए चुनाव हुन नदिने चेतावनी
- ५गृहमन्त्री अर्यालद्वारा पूर्वराष्ट्रपति भण्डारीसँग भेटवार्ताः आन्दोलनमा जलेको घरको निरीक्षण



तपाईको कमेन्ट लेख्नुहोस्