१५ औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवस, नारा ‘विश्वको सर्वोच्च शिखर, नेपालको गौरव’
काठमाडौं । आज १५औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवस विभिन्न कार्यक्रमसहित मनाइँदैछ । सगरमाथाः ‘विश्वको सर्वोच्च शिखर, नेपालको गौरव’ भन्ने नाराका साथ दिवस मनाइएको हो । सन् १८३० को दशकमा बेलायती भुगोलविद् जर्ज एभरेष्टको नेतृत्वमा हिमशिखरको विस्तृत सर्वेक्षण गर्ने कामको सुरुवातसँगै सन् १८४७ मा विश्वकै अग्लो हिमालको रुपमा सगरमाथाको पहिचान भएको थियो ।
सन् १९५३ मे २९ का दिन तेन्जिङ्ग नोर्गे शेर्पा र एडमण्ड हिलारीले सगरमाथाको शिखर चुम्न सफल भएको सम्झनामा सन् २००८ देखि अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाउन थालिएको बताइन्छ । ६८ वर्षको अवधिमा करिब ९ हजार हाराहारी पर्वतारोही शिखरमा पुगिसकेका छन् । आरोहणका क्रममा अहिलेसम्म ३ सय ५० जनाले ज्यान गुमाएका छन् ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जलवायु परिवर्तनले हिमाली जनजीवनमा जोखिम बढेको र विश्व तापमानमा देखिएको वृद्धिसँगै हिमालमा हिउँ पग्लन थालेकाले कार्बन उत्सर्जनलाई कम गर्नुपर्नेमा जोड दिएको छ । यस वर्ष सगरमाथा आरोहणका लागि ३ सय २५ जनाले अनुमति लिएका थिए । सरकारले यसवर्ष आरोहण अनुमतिबापत ४९ करोड ३७ लाख रुपैयाँ दस्तुर उठाएको जनाएको छ।
क्याटेगोरी : देश/दुनियाँ, पर्यटन, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #अन्तर्राष्ट्रिय सगरमाथा दिवस, #नेपालको गौरव’, #विश्वको सर्वोच्च शिखर, #सगरमाथाको पहिचान
ताजा खबर
- १युद्धको भिडियो र फोटो सामाजिक सञ्जालमा हाल्ने ६ नेपाली पक्राउ, कडा कारबाही र डिपोर्ट हुनसक्ने परराष्ट्रको चेतावनी
- २सेवा प्रवाह प्रभावकारी बनाउन काठमाडौं प्रशासनमा ‘सार्वजनिक सम्बोधन प्रणाली’ लागू
- ३नयाँ जनादेशले देशलाई स्थायित्व, विकास र समृद्धितर्फ अघि बढाउने आशा जगायो : प्रधानमन्त्री
- ४पैसाको सदुपयोग गर्न जान्नुपर्छ– गभर्नर
- ५ड्रोन आक्रमणपछि दुबई विमानस्थल अस्थायीरुपमा बन्द



तपाईको कमेन्ट लेख्नुहोस्