फेरि इन्धनको मूल्यमा भारी वृद्धि, अब एक लिटर पेट्रोलको १ सय ८० रुपैयाँ
काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्यमा भारी वृद्धि गरेको छ । आइतबार मध्यरातिदेखि लागु हुने गरी पेट्रोल, डिजल र मट्टीतेल प्रतिलिटर १० रुपैयाँ वृद्धि गरिएको आयल निगमले जनाएको छ ।
अब एक लिटर पेट्रोलको १ सय ८० रुपैयाँ पर्नेछ भने मट्टीतेल र डिजलको १ सय ६३ रुपैयाँ । खाना पकाउने एलपी ग्याँसको मूल्य पनि प्रतिसिलिण्डर २०० रुपैयाँ बढेको छ । अब एक सिलिण्डर ग्याँसका लागि १ हजार ८०० रुपैयाँ पर्नेछ । हवाई इन्धन (आन्तरिकतर्फ) को मूल्य पनि बढेको छ ।
१० रुपैयाँ वृद्धि गरेर प्रतिलिटर १ सय ६६ रुपैयाँ तोकिएको आयल निगमले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा प्रशोधित तेलको मूल्य निरन्तर बढ्दै गएकाले यो मूल्य समायोजनपछि पनि पेट्रोलमा मासिक १ अर्ब, डिजलमा ३ अर्ब ४० करोड र एलपी ग्याँसमा ३ अर्ब घाटा हुने देखिएको निगमको दाबी छ ।

क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #डिजल र मट्टीतेल, #नेपाल आयल निगम, #पेट्रोल
ताजा खबर
- १विशेष महाधिवेशनको पक्षमा बहुमत,अल्पमतमा कांग्रेस संस्थापन पक्ष
- २माघ ३ गतेदेखि निर्वाचन आचारसंहिता लागू हुने
- ३काठमाडौंको तापक्रम २.४ डिग्रीमा झर्यो, अन्य तीन ठाउँमा माइनसमा तापक्रम
- ४मन्त्रीबाट राजीनामा दिदैं सरकारबाट बाहिरिए कुलमान घिसिङ,चुनाव लड्ने तयारी
- ५मानव अधिकार आयोगमा रवि लामिछानेको डेढ घण्टा बयान



तपाईको कमेन्ट लेख्नुहोस्