Techie IT
  • १९ असार २०७९, आईतबार
KhojPatrika

काठमाडौंमा बालेन्द्र र चितवनमा रेनुको चर्चा,यो चुनावमा यसरी उदाय स्वतन्त्र उमेद्वार


काठमाडौं । यतिबेला गाउँ घरको सरकार चयनका लागि भएको निर्वाचनको मत परिणाम आउने क्रम जारी नै छ । महानगर, उपमहानगर बाहेक नगरपालिका र गाउँपालिकाको मत गणना अन्तिम चरणमा छ । स्थानीय तहहरुमा छुट्टै रौनक भइरहेको छ । वडा, गाउँपालिका र नगरपालिका मात्रै होइन उपमहानगरमा समेत निर्वाचनअघि मत माग्न गाउँ गाउँ पुगेका उमेद्वार जितेपछि धन्यवाद दिन सभा र विजय ¥याली भइरहेका छन् ।

गाउँ घरमा बाजा गाजासहित नाचगान चलिरहेको छ । बिजय उमेद्वार र समर्थकहरुलाई छुट्टै उल्लाह छाएको छ । यो स्थानीय तहको निर्वाचनको परिणाम हेर्दा विगतमा पार्टीका गढ भनिएका स्थानहरु समेत भत्किएका छन् । २०७४ सालको निर्वाचनमा जितेको दलले अधिकांश स्थानमा हार बेहोरिरहेको छ भने सो तहमा अर्कै दल हाबी भएको छ । यस पटकको स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उमेद्वारको पनि राम्रै चर्चा भइरहेको छ । दलभन्दा बाहिर मत आउदैन भन्ने भनाईलाई केही स्वतन्त्र उमेद्वारले चुनौति दिदै जितिसकेका छन् भने केहीले अझै अग्रता लिइरहेका छन् ।

पछिल्लो मत परिणाम हेर्ने हो भने काठमाडौं महानगरपालिकामा मेयरका स्वतन्त्र उमेद्वार बालेन साहले दोब्बर मतले अग्रता लिइरहेका छन् । नेपाली कांग्रेसकी उमेद्वार सिर्जना सिंह र नेकपा एमालेका उमेद्वार केशव स्थापितको मत जोड्दा समेत बालेन अगाडि देखिएका छन् । धरान उपमहानगरपालिका स्वतन्त्र उमेद्वार हर्कबहादुर राईले अग्रता लिइरहेका छन् । उनलाई नेपाली कांग्रेसका उमेद्वार किशोर राईले पछ्याइरहेका छन् ।

जनकपुरधाम उपमहानगरपालिकामा मनोजकुमार साह सुडीले अग्रता लिइरहेका छन् । उनलाई एमालेका शिवशंकर साहले पछ्याइरहेका छन् । धनगढी उपमहानगरपालिकामा पनि स्वतन्त्र उमेद्वार गोपाल हमालले निक्कै पराकिलो मतान्तरले अग्रता लिइरहेका छन् । नेपाली कांग्रेसका नृपबहादुर वड र नेकपा एमालेका रणबहादु चन्द पछि परेका छन् । तनहुँको ब्यास नगरपालिकामा स्वतन्त्र उमेद्वार दिपकराज जोशीले अग्रता लिइरहेका छन् । त्यस्तै, पछिल्लो मत परिणामले नेपाली कांग्रेस बलियो बन्दै गएको छ ।

एमाले दोस्रो र नेकपा माओवादी केन्द्र तेस्रो स्थानमा रहेको छ । यो पटकको स्थानीय चुनाव पार्टीभित्रका प्रभावशाली नेताहरुले आफ्नै वडा र पालिका जिताउन सकेनन् । यो निर्वाचनमा केही रोचक दृश्य पनि देखिएका छन् । कतै भाइलाई हराएर दाजु निर्वाचित भए भने कतै दाजुलाई हराएर भाइ विजयी भएका छन् । एउटै वडामा फरक पार्टीबाट श्रीमान–श्रीमती लडेर पनि निर्वाचित भएका छन् । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा फरक पार्टीबाट श्रीमान–श्रीमती वडा सदस्यमा निर्वाचित भए ।

वडा नम्बर ७ मा नेकपा एमालेबाट सन्दीप उपाध्याय र कांग्रेसबाट उनकी श्रीमती कमला उपाध्याय वडा सदस्यमा निर्वाचित भए । भक्तपुरको मध्यपुरथिमि नगरपालिकामा आफ्नै बहिनी ज्वाइँलाई हराएर जेठान नगरप्रमुखमा निर्वाचित भए । गठबन्धनतर्फबाट नेपाली कांग्रेसका सुरेन्द्र श्रेष्ठले ४ हजार ६३ मतको अन्तरले ज्वाइँ मदनसुन्दर (जगुलु) श्रेष्ठलाई पराजित गरे । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १, कोहलपुर नगरपालिकाको वडा नम्बर ३ र कपिलवस्तुको वाणगंगा नगरपालिकाको वडा नम्बर ७ मा दाजुभाइबीच प्रतिस्पर्धा भयो ।

नेपालगञ्ज उपमहानगरपालिका–१ को वडाध्यक्षमा दाइलाई हराउँदै भाइले जीत हात पारे । एमालेबाट उम्मेदवारी दिएका प्रमोद रिजाल ७८१ मत प्राप्त गर्दै वडाध्यक्षमा निर्वाचित भए । रिजालका प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार विनोद रिजालले ५८१ मत प्राप्त गरे । विनोद प्रमोदका सहोदर दाजु हुन् । पर्साको कालीकामाई गाउँपालिकामा २१ वर्षकै वशिष्टकुमार कलवार गाउँपालिकाका अध्यक्षमा निर्वाचित भएका छन् ।

सर्लाहीको रामनगर गाउँपालिकाको अध्यक्षमा २२ वर्षका राजाबाबु यादव निर्वाचित भए । स्थानीय तहको सरकार बनाउदा कतिपय स्थानमा पार्टीभन्दा ब्यक्ती हेरेको पनि देखिन्छ । राजनीतिक दलहरुको निश्चित स्वार्थका कारण केही तहका उमेद्वारका बिरुद्ध बागी उमेदवार नै बने । उनीहरुले पनि राम्रो मत मात्रै पाएनन् कतिपय स्थानमा जितेका छन् भने कतिपय तहमा अहिले पनि अग्रता लिइरहेका छन् ।

५ बर्षमा कतिपय स्थानीय सरकार मनपरी ढंगले चल्दा जनतालाई सेवा भन्दा पनि सास्ती नै बढी भयो । फेरि ७ सय ५३ स्थानीय तहमा नयाँ सरकारले काम थाल्दैछन् । जनताको मतको सम्मान गर्दै गाउँ गाउँमा पुगेको सिंहदरबारले सास्ती होइन सहज र सर्वसुलभ सेवा दिन जनप्रतिनिधि नचुकुन । जितेका सरकार प्रमुखमा अहमता नआओस् र पराजिय बेहोरेका नेताहरु पनि स्थानीय स्तरको विकास र समृद्धिका लागि हातेमालो गर्दै अघि बढुन ।


क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #नगरपालिका, #बाजा गाजा, #बिजय उमेद्वा

तपाईको कमेन्ट लेख्नुहोस्