रुकुम पूर्वको सिस्ने गाउपालिकाको अध्यक्षमा माओवादी, उपाध्यक्षमा कांग्रेस–एमाले गठबन्धन विजयी
रुकुमपूर्व । रुकुम पूर्वको सिस्ने गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्र समाजवादी विजयी भएको छ भने उपाध्यक्षमा कांग्रेस एमाले गठबन्धनले जितेको छ। अध्यक्षमा माओवादी केन्द्रका कृष्ण रेग्मीले ३ हजार ७ सय ७९ मत ल्याएर वियजी भएका भए । उनलाई एकिकृत समाजवादीले समर्थन गरेको थियो ।
रेग्मीले निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेस–एमाले गठबन्धनका उम्मेदवार कांग्रेसका दत्तबहादुर बस्नेतलाई पराजित गरेका हुन् । बस्नेतले ३ हजार ७०० मत प्राप्त पाएका थिए । यस्तै उपाध्यक्षमा कांग्रेस–एमाले गठबन्धनका उम्मेदवार एमालेका गोपाल रेउले निर्वाचित भए । रेउलेले ३७६१ मत प्राप्त गर्दा रेउलेका निकटम प्रतिस्पर्धी माओवादी केन्द्रका आस्था बिकले ३४७४ मत प्राप्त गरिन ।
८ वटा वडा रहेको सिस्ने गाउँपालिकामा ४ माओवादी केन्द्र, ३ एमाले र १ नेपाली कांग्रेसले जितेको छ। २०७४ सालमा अध्यक्ष र उपाध्यक्षमा दुवै पद माओवादी केन्द्रले जितेको थियो ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ताजा खबर
- १जनताकै सुझावबाट नीति र बजेट बन्ने प्रधानमन्त्री कार्यालयको दावी, ‘सुझाव संकलन पोर्टल’ सञ्चालनमा
- २विजयको सरकार गठनका लागि तमिलनाडुमा जुट्यो बहुमत
- ३कानून दोषीका लागि भय र निर्दोषका लागि आशा हुनुपर्छः राष्ट्रपति पौडेल
- ४रास्वपा उपनेता पराजुलीले भनेः पार्टीका सांसदहरु संसदीय भुमिकाबाट विमुख हुने संकेत गर्दैछन्
- ५लहडतन्त्र र भयतन्त्र ल्याउने प्रयासको प्रतिरोध गर्ने गगन थापाको चेतावनी



तपाईको कमेन्ट लेख्नुहोस्