Techie IT
  • ८ असार २०८२, आईतबार
KhojPatrika

रुकुम पूर्वको सिस्ने गाउपालिकाको अध्यक्षमा माओवादी, उपाध्यक्षमा कांग्रेस–एमाले गठबन्धन विजयी


रुकुमपूर्व । रुकुम पूर्वको सिस्ने गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्र समाजवादी विजयी भएको छ भने उपाध्यक्षमा कांग्रेस एमाले गठबन्धनले जितेको छ। अध्यक्षमा माओवादी केन्द्रका कृष्ण रेग्मीले ३ हजार ७ सय ७९ मत ल्याएर वियजी भएका भए । उनलाई एकिकृत समाजवादीले समर्थन गरेको थियो ।

रेग्मीले निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेस–एमाले गठबन्धनका उम्मेदवार कांग्रेसका दत्तबहादुर बस्नेतलाई पराजित गरेका हुन् । बस्नेतले ३ हजार ७०० मत प्राप्त पाएका थिए । यस्तै उपाध्यक्षमा कांग्रेस–एमाले गठबन्धनका उम्मेदवार एमालेका गोपाल रेउले निर्वाचित भए । रेउलेले ३७६१ मत प्राप्त गर्दा रेउलेका निकटम प्रतिस्पर्धी माओवादी केन्द्रका आस्था बिकले ३४७४ मत प्राप्त गरिन ।

८ वटा वडा रहेको सिस्ने गाउँपालिकामा ४ माओवादी केन्द्र, ३ एमाले र १ नेपाली कांग्रेसले जितेको छ। २०७४ सालमा अध्यक्ष र उपाध्यक्षमा दुवै पद माओवादी केन्द्रले जितेको थियो ।


क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं