रुकुमपश्चिमको सानीभेरी गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षमा माओवादी विजयी
काठमाडौं । रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा माओवादी केन्द्रले विजय हासिल गरेको छ। सोमबार दिउँसो मतगणना सम्पन्न हुँदा अध्यक्षमा माओवादी केन्द्रका बिर्खबहादुर विष्ट र उपाध्यक्षमा कमला रोका पुन विजयी भएका हुन् ।
अध्यक्षमा विष्टले ६०१९ मत प्राप्त गर्दै विजयी हुँदा उहाँका निकटतम प्रतिद्धवन्द्धी कांग्रेसका उम्मेदवार गोरख प्रसाद चन्दले ४३२० मत प्राप्त गरेर पराजित भएका हुन् । उपाध्यक्षमा निर्वाचित कमला रोकाले ५९५८ मत ल्याउदा उहाँका प्रतिद्धवन्द्धी नेकपा एमालेका प्रकाश खड्काले ३४४२ मत प्राप्त गरेका छन् ।
सानीभेरी गाउँपालिकाका ११ वटा वडामा दुई वटा वडा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन भने बाँकी ९ वडामा माओवादी केन्द्रका उम्मेदवारहरु निर्वाचित भएका छन ।
क्याटेगोरी : जीवनशैली, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ताजा खबर
- १युद्धको भिडियो र फोटो सामाजिक सञ्जालमा हाल्ने ६ नेपाली पक्राउ, कडा कारबाही र डिपोर्ट हुनसक्ने परराष्ट्रको चेतावनी
- २सेवा प्रवाह प्रभावकारी बनाउन काठमाडौं प्रशासनमा ‘सार्वजनिक सम्बोधन प्रणाली’ लागू
- ३नयाँ जनादेशले देशलाई स्थायित्व, विकास र समृद्धितर्फ अघि बढाउने आशा जगायो : प्रधानमन्त्री
- ४पैसाको सदुपयोग गर्न जान्नुपर्छ– गभर्नर
- ५ड्रोन आक्रमणपछि दुबई विमानस्थल अस्थायीरुपमा बन्द



तपाईको कमेन्ट लेख्नुहोस्