रुकुमपश्चिमको सानीभेरी गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षमा माओवादी विजयी
काठमाडौं । रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा माओवादी केन्द्रले विजय हासिल गरेको छ। सोमबार दिउँसो मतगणना सम्पन्न हुँदा अध्यक्षमा माओवादी केन्द्रका बिर्खबहादुर विष्ट र उपाध्यक्षमा कमला रोका पुन विजयी भएका हुन् ।
अध्यक्षमा विष्टले ६०१९ मत प्राप्त गर्दै विजयी हुँदा उहाँका निकटतम प्रतिद्धवन्द्धी कांग्रेसका उम्मेदवार गोरख प्रसाद चन्दले ४३२० मत प्राप्त गरेर पराजित भएका हुन् । उपाध्यक्षमा निर्वाचित कमला रोकाले ५९५८ मत ल्याउदा उहाँका प्रतिद्धवन्द्धी नेकपा एमालेका प्रकाश खड्काले ३४४२ मत प्राप्त गरेका छन् ।
सानीभेरी गाउँपालिकाका ११ वटा वडामा दुई वटा वडा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन भने बाँकी ९ वडामा माओवादी केन्द्रका उम्मेदवारहरु निर्वाचित भएका छन ।
क्याटेगोरी : जीवनशैली, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ताजा खबर
- १समाजवादीसँगको एकता ऐतिहासिक र असाधारणः संयोजक दाहाल
- २कम्युनिष्ट पार्टीहरुको एकतामा बल पु¥याउने ध्येयले नेपाली कम्युनिष्ट पार्टीको घोषणामा सहभागी भएँः झलनाथ खनाल
- ३राष्ट्रिय एकता र गणतन्त्रात्मक व्यवस्थाको रक्षा पार्टीको मुख्य कार्यभारः उपसंयोजक नेपाल
- ४नवगठित नेपाली कम्युनिष्ट पार्टीको संयोजकमा दाहाल र सहसंयोजकमा नेपाल चयन
- ५प्रचण्डसँग बिदा माग्दै जनार्दनले भने– अहिले आउँदिनँ, आवश्यक परे पछि मिलौँला



तपाईको कमेन्ट लेख्नुहोस्