रुकुमपश्चिममा अर्थमन्त्री जनार्दन शर्माको वडामा कांग्रेसको प्यानल विजयी
काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता तथा अर्थमन्त्री जनार्दन शर्माको वडा रुकुम पश्चिमको मुसीकोट नगरपालिका ५ मा नेपाली कांग्रेस–एमाले गठबन्धनको प्यानल विजयी भएको छ । नेपाली कांग्रेसका उम्मेदवार समिर जङ मल्ल ५ सय ८ मत सहित निर्वाचित भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय मुसिकोटले जनाएको छ ।
उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका उम्मेदवार शुसिल गौतमले ४२४ मत पाएका थिए । गौतम २०७४ मा निर्वाचित वडा अध्यक्ष हुन् । सदस्यहरुमा पनि कांग्रेस–एमाले गठबन्धनका ४ जना सदस्य निर्वाचित भएका छन्। सदस्यहरुमा टिका देवकोटाले ४ सय ९४, प्रतिभा नेपालीले ४ सय ८२, काली बहादुर खत्रीले ४ सय ४६ र बमकुमारी ओली केसीले ४ सय ३७ मत प्राप्त गरेका छन् ।
यसअघि काँग्रेसले मुसीकोट नगरपालिका १, २, ३ पनि जितेको छ । अहिले सम्म मतगणना भएको ५ वटा वडामध्ये माओवादी केन्द्रले वडा नं। ४ मा मात्रै विजय हासिल गरेको छ । ५ वडाको मत गणना सकिदासम्म नेपाली कांग्रेस र एमाले गठबन्धनका उम्मेदवारले अग्रता बनाएका छन् ।
प्रमुखमा नेपाली कांग्रेसका महेन्द्र केसीले २ हजार ९ सय ८७ मत ल्याउँदा नेकपा माओवादी केन्द्रका वसन्त कुमार शर्माले २ हजार २ सय ७३ मत ल्याएका छन् । त्यस्तै उप प्रमुखमा नेकपा एमालेका थल बहादुर ओलीले २५६३ मत ल्याएर अग्रता बनाउदा नेकपा एकीकृत समाजवादीका विमलकुमार पुनले १९४७ मत ल्याएर पछ्याईरहेका छन् ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #अर्थमन्त्री जनार्दन शर्मा, #रुकुम पश्चिम
ताजा खबर
- १युद्धको भिडियो र फोटो सामाजिक सञ्जालमा हाल्ने ६ नेपाली पक्राउ, कडा कारबाही र डिपोर्ट हुनसक्ने परराष्ट्रको चेतावनी
- २सेवा प्रवाह प्रभावकारी बनाउन काठमाडौं प्रशासनमा ‘सार्वजनिक सम्बोधन प्रणाली’ लागू
- ३नयाँ जनादेशले देशलाई स्थायित्व, विकास र समृद्धितर्फ अघि बढाउने आशा जगायो : प्रधानमन्त्री
- ४पैसाको सदुपयोग गर्न जान्नुपर्छ– गभर्नर
- ५ड्रोन आक्रमणपछि दुबई विमानस्थल अस्थायीरुपमा बन्द



तपाईको कमेन्ट लेख्नुहोस्