रुकुमपश्चिममा अर्थमन्त्री जनार्दन शर्माको वडामा कांग्रेसको प्यानल विजयी

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता तथा अर्थमन्त्री जनार्दन शर्माको वडा रुकुम पश्चिमको मुसीकोट नगरपालिका ५ मा नेपाली कांग्रेस–एमाले गठबन्धनको प्यानल विजयी भएको छ । नेपाली कांग्रेसका उम्मेदवार समिर जङ मल्ल ५ सय ८ मत सहित निर्वाचित भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय मुसिकोटले जनाएको छ ।
उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका उम्मेदवार शुसिल गौतमले ४२४ मत पाएका थिए । गौतम २०७४ मा निर्वाचित वडा अध्यक्ष हुन् । सदस्यहरुमा पनि कांग्रेस–एमाले गठबन्धनका ४ जना सदस्य निर्वाचित भएका छन्। सदस्यहरुमा टिका देवकोटाले ४ सय ९४, प्रतिभा नेपालीले ४ सय ८२, काली बहादुर खत्रीले ४ सय ४६ र बमकुमारी ओली केसीले ४ सय ३७ मत प्राप्त गरेका छन् ।
यसअघि काँग्रेसले मुसीकोट नगरपालिका १, २, ३ पनि जितेको छ । अहिले सम्म मतगणना भएको ५ वटा वडामध्ये माओवादी केन्द्रले वडा नं। ४ मा मात्रै विजय हासिल गरेको छ । ५ वडाको मत गणना सकिदासम्म नेपाली कांग्रेस र एमाले गठबन्धनका उम्मेदवारले अग्रता बनाएका छन् ।
प्रमुखमा नेपाली कांग्रेसका महेन्द्र केसीले २ हजार ९ सय ८७ मत ल्याउँदा नेकपा माओवादी केन्द्रका वसन्त कुमार शर्माले २ हजार २ सय ७३ मत ल्याएका छन् । त्यस्तै उप प्रमुखमा नेकपा एमालेका थल बहादुर ओलीले २५६३ मत ल्याएर अग्रता बनाउदा नेकपा एकीकृत समाजवादीका विमलकुमार पुनले १९४७ मत ल्याएर पछ्याईरहेका छन् ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #अर्थमन्त्री जनार्दन शर्मा, #रुकुम पश्चिम
ताजा खबर
- १कांग्रेसमा उठ्यो राज्यमन्त्री कान्छारामलाई हटाइएको विषय
- २लण्डनको थेम्स नदीमा भेटिएको शव नेपाली विद्यार्थी ओलीकै भएको पुष्टि
- ३सभापतिमाथि लगाएको मुद्दामा दम छैन, सरकारको प्रतिशोध मात्रै होः सोबिता गौतम
- ४भारतले पाकिस्तानबाट हुने आयातमा लगायो पूर्ण प्रतिबन्ध
- ५समाजवादको आधार तयार पारेर मात्रै दुनियाँबाट बिदा हुने संकल्प लिएको छुः प्रचण्ड
तपाईको कमेन्ट लेख्नुहोस्