काठमाडौं महानगरमा बालेनलाई १२ सय मतको अग्रता, स्थापित दोस्रो र सिर्जना तेस्रो स्थानमा
काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन साहले २ हजार ६ सय १ मत पाएका छन् । आइतबार राष्ट्रियसभा गृहमा भइरहेको मतगणनामा उनले दोस्रो स्थानमा रहेका नेकपा एमालेका उम्मेदवार केशव स्थापितले भन्दा करिब १ हजार २ सय मत बढी पाएका छन् ।
स्थापितले १ हजार ४ सय १५ र नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले १ हजार ३ सय ५९ मत पाएकी छन् । हाल काठमाडौं महानगरपालिकाको वडा नम्बर १, २, ३, ४ र ३२ को मतगणना चलिरहेको छ ।
त्यस्तै, काठमाडौं महानगर उपमेयरमा नेकपा एमालेकी सुनिता डंगोल १५८५ मतान्तरका साथ अग्रस्थानमा छिन् । सुनिताले हालसम्म २ हजार २ सय ३२ मत प्राप्त गरेकी छन् । उनका प्रतिद्वन्दी गठबन्धनबाट नेकपा एसका उम्मेदवार रामेश्वर श्रेष्ठले ६ सय ४७ मत ल्याएका छन् । यहाँ राप्रपाको ५ सय ४०, विवेकशील साझाका उम्मेदवारको ९६ मत आएको छ ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #मतगणना, #स्वतन्त्र उम्मेदवार बालेन
ताजा खबर
- १अमेरिका फर्किदैं धुर्मुसले लेखे– १८ करोड ऋणको भारी बोकेर मातृभूमि छोड्दैछु
- २प्रधानमन्त्री बालेन शाहले गरे मन्त्रीहरुसँग कार्यसम्पादन सम्झौता
- ३बालेन सरकारमाथि बादलको कडा टिप्पणी, नेतृत्व लिन रविलाई आग्रह
- ४रास्वपा बैठकमा सांसदका गुनासै गुनासा, सरकार जिम्मेवार नबनेको आरोप
- ५सिंहदरबारमै ब्यस्त सांसद, गाउँ जानै छाडे



तपाईको कमेन्ट लेख्नुहोस्