स्थानीय तहको निर्वाचनमा खस्यो ६२ प्रतिशत मत, ४४ मतदान केन्द्रमा मतदान स्थगित
काठमाडौं । शुक्रबार भएको स्थानीय तह निर्वाचनमा ६२ प्रतिशत मत खसेको भएको निर्वाचन आयोगले जनाएको छ । देशका ७ सय ५३ स्थानीय तहमा ५ वर्षका लागि जनप्रतिनिधि चयनका लागि भएको मतदानमा कम्तीमा ६२ प्रतिशत मतदाता सहभागी भएको बताइएको छ ।
काठमाडौं महानगरपालिकासहित धेरै मतदाता भएका स्थानमा अपेक्षाअनुसार मतदान नभएको निर्वाचन आयोगले जनाएको छ ।देशभरका ७५३ पालिकामा शुक्रबार एकसाथ मतदान भएको थियो । आयोगको प्रारम्भिक अनुसार समग्रमा कम्तीमा ६४ प्रतिशत मत खसेको छ । धेरै मतदाता भएका स्थानमा अपेक्षाअनुसार कम मत खसेकाले यस्तो भएको प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले जानकारी दिए ।
‘धेरै मतदाता भएका ठाउँमा विकसित कम मतदान हुनेवित्तिकै थोरै मतदाता भएको धेरै मतदान भएपनि वेटेजमा कम अंक पाउने हुँदा घट्न जान्छ’ उनले भने, ‘काठमाडौं महानगरपालिकाको यस्तो शान्तिपूर्ण अवस्था, मतदान केन्द्रमा प्रष्ट पहुँच र सबै सुविधा हुँदाहुँदै प्रारम्भिक अनुमान अनुसार करिव ५२ प्रतिशत हाराहारीमा मतदान भएको तथ्यांक छ ।’ यो सन्तोषजनक नभएको थपलियाले जानकारी दिए ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #निर्वाचन आयोग, #मतदाता भएको धेरै
ताजा खबर
- १एनआईसी एसिया बैंकको सीईओमा सुजितकुमार शाक्य नियुक्त
- २सार्वजनिक खर्चमा मितव्ययिता कायम गरी सार्वजनिक कोषको प्रभावकारी उपयोग गर्न प्रधानमन्त्रीको निर्देशन
- ३एमाले निर्वाचनबाट भाग्दैनः शंकर पोखरेल
- ४अहिलेको परिस्थिति आउनुमा नेता मात्रै दोषी छैनन्ः अध्यक्ष केसी
- ५काँग्रेस केन्द्रिय कार्य समिति बैठक आईतवारसम्मका लागि स्थगित



तपाईको कमेन्ट लेख्नुहोस्