मतदान गरेपछि ओलीले भने गठबन्धनभन्दा बढी सिट जित्छौं
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह निर्वाचनमा ५ दलले भन्दा धेरै स्थान नेकपा एमालेले जित्ने दाबी गरेका छन् । शुक्रबार भक्तपुरको बालकोटमा मतदानपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष ओलीले परीणाम एमालेको पक्षमा आउने दाबी गरे ।
नेपाली कांग्रेसले समेत एक्लै लड्न नसकेर गठबन्धन गरेको भन्दै उनले अघि भने, ‘५ दलभन्दा धेरै बढी एमाले एक्लैले ल्याउँछ ।’ उनले वैशाख ९ गते प्रधानमन्त्री शेरबहादुर देउवाले चुनाव सार्न प्रयास गरेको आरोप पनि लगाएका छन् । तर, आफूले अस्वीकार गरेको भन्दै उनले भने, ‘उहाँले ९ गते मलाई स्थगित गरेर पर सारौं भनेर प्रस्ताव गर्नु भएको थियो । अनि धाक लगाउने कुरै भएन ।’
‘हामी सहमत भएपछि र कानूनी व्यवस्थाका कारण उहाँहरु चुनाव गराउन वाध्य हुनुभएको हो । नत्र मुद्दामा गएर हुन्छ कि झगडा गरेर हुन्छ कि अनेक तरिकाले चुनाव रोक्न खोज्नुभएको थियो । यो चुनाव गराउन हामीले धेरै पापड बेल्नु परेको छ,’ ओलीले दाबी गरे ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #अध्यक्ष केपी शर्मा ओली, #नेकपा एमाले
ताजा खबर
- १डा. गाेविन्द केसी र सरकारबिच सहमति, अनसन ताेडियाे
- २नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग उद्घाटन, सुरुमा अत्यावश्यक सवारीलाई प्रवेश
- ३कर्फ्यु उल्लंघन भएपछि सुनसरीको कप्तानगञ्जमा सेना परिचालन
- ४सुनसरी घटना छानबिनका लागि ५ सदस्यीय समिति गठन
- ५एमबीएसको प्रश्नपत्र सार्वजनिक गर्नेमाथि कारबाही हुन्छः शिक्षामन्त्री



तपाईको कमेन्ट लेख्नुहोस्