Techie IT
  • १७ असार २०८२, मंगलबार
KhojPatrika

लोभ, लालच, आश्वासन वा दबाबमा नपरी मतदान गर्न प्रमुख निर्वाचन आयुक्त थपलियाको आग्रह


काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले कसैको लोभ, लालच, आश्वासन वा दबाबमा नपरी विवेकपूर्वक मतदान गर्न आग्रह गरेका छन् । बिहिबार निर्वाचन आयोगद्वारा आयोजित पत्रकार सम्मेलनमा पद, पैसा र पहुँचबाट प्रभावित नभई निष्ठा, विचार र सिद्धान्तको आधारमा मतदान गर्न उनले आग्रह गरेका हुन् ।

‘लोकतन्त्रको सार्थक अभ्यास गर्ने माध्यम निर्वाचन हो,’ निर्वाचनको पूर्व सन्ध्यामा प्रमुख निर्वाचन आयुक्त थपलियाले भने, ‘पद, पैसा र पहुँचबाट प्रभावित नभई निष्ठा, विचार र सिद्धान्तमार्फत निर्देशित भई कसैको लोभ लालच, आश्वासन वा अन्य कुनै दबाबमा नपरी विवेकको मत सही ठाउँमा सही तरिकाले प्रयोग गर्न हार्दिक आह्वान गर्दछु ।

’ थपलियाले मतदान शान्तिपूर्ण रुपमा सम्पन्न गर्ने तयारी पूरा भइसकेको बताए । मतदान सम्पन्न भएपछि सुरक्षित तरिकाले पुर्याउने र तत्काल मतगणना गर्ने तयारी समेत भएको जानकारी दिए । निर्वाचन लोकतन्त्रको सार्थक अभ्यास गर्ने माध्यम भएकाले मतदान कार्यलाई सफल बनाउन समेत आग्रह गरेका छन् ।


क्याटेगोरी : प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #आश्वासन, #कसैको लोभ, #प्रमुख निर्वाचन आयुक्त दिनेश थपलिया, #लालच

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं