स्थानीय तहको निर्वाचनका दिन मानवीय उद्धार, सहायता र सरकारको निर्देशनमा मात्रै उडान
काठमाडौं । वैशाख ३० गते शुक्रवार स्थानीय तह चुनावको मतदानका कारण आन्तरिक उडान बन्द हुने भएका छन् । निर्वाचन आयोगको निर्णयअनुसार ३० गते सबै नियमित उडान बन्द रहने वायु सेवा सञ्चालक सङ्घ नेपालले जानकारी दिएको हो ।
मतदानको दिन भएपनि मानवीय उद्धार, सहायता उडान र सरकारको निर्देशनमा हुने उडान भने सञ्चालन हुने बताइएको छ । निर्वाचन आयोगको सिफारिसमा सरकारले ३० गते देशभर सार्वजनिक गाडी र हवाई यातायात बन्द गर्ने निर्णय गरेको छ ।
निर्वाचनका कारण अन्तर्राष्ट्रिय उडान भने नरोकिने र विमानस्थल आउ जाउका लागि यात्रुलाई प्रमुख जिल्ला अधिकारीले समन्वय गरेर सहजिकरण गर्ने बताइएको छ । मतदानको समयमा हुने यस्ता प्रतिबन्धात्मक व्यवस्थालाई सरकारले चुनावका नियमित प्रक्रियाका रुपमा बुझेर सहयोग गर्न सबैलाई आह्वान गरेको छ ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #अन्तर्राष्ट्रिय उडान, #आन्तरिक उडान बन्द, #स्थानीय तह चुनाव
ताजा खबर
- १रुकुमपश्चिम कांग्रेसमा उम्मेद्वार सिफारिसमा किचलो, सहमति नै नभई कसरी बाहिरियो नाम ?
- २सुदूरपश्चिमलाई हराउँदै लुम्बिनीले जित्यो एनपीएल सिजन-२ को उपाधि
- ३सल्लाघारीको सभाबाट ओलीको प्रश्न–एमालेमाथि प्रहार किन ?
- ४राजसंस्था जनमत संग्रहबाट होइन, सबैको सहमतिबाटै पुनःस्थापित गर्नुपर्छः राप्रपा
- ५अन्तरिम सरकारद्वारा मन्त्रिपरिषद् विस्तारः चार नयाँ मन्त्रीले लिए शपथ



तपाईको कमेन्ट लेख्नुहोस्