स्थानीय तह निर्वाचनका लागि आज र भोलि मनोनयन दर्ता
काठमाडौं । स्थानीय तह निर्वाचनका लागि देशका ७ सय ५३ वटै पालिकाबाट उम्मेदवार बन्न चाहनेहरूले आजदेखि उम्मेदवारी दिने प्रक्रिया सुरु भएको छ । निर्वाचन आयोगले आज र भोलिका लागि उम्मेदवारी दर्ताको समय तोकेको हो । सम्बन्धित पालिकामा रहेको निर्वाचन अधिकृतको कार्यालयमार्फत् बिहान १० बजेदेखि ५ बजेसम्म आफ्नो उम्मेदवारी दर्ता गराउन सकिने निर्वाचन आयोगले जनाएको छ ।
यसअघिका स्थानीय तह निर्वाचनमा उम्मेदवारी दर्ताको समय एक दिन मात्रै रहने गरेको थियो। तर, मनोनयन पत्र दर्ता गर्दा उम्मेदवार र निर्वाचन कार्यालय दुबैलाई चाप धेरै पर्न गएको अनुभवका आधारमा यसपटक दुई दिन उम्मेदवारी दर्ताको समय राखिएको बताइएको छ । भोलीसम्म बेलुका मनोनयनपत्र दर्ता भएका उम्मेदवारको सूची प्रकाशन गर्ने, वैशाख १३ गते उम्मेदवारको विरोधमा उजुरी दिने तय गरिएको छ।
यस्तै वैशाख १४ र १५ गते मनोनयनपत्र जाँच गर्ने तथा उजुरीउपर जाँचबुझ गरी निर्णय गर्ने, वैशाख १५ गते मनोनयन भएको उम्मेदवारको नामावली प्रकाशन गर्ने, वैशाख १६ गते उम्मेदवारले नाम फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तथा वैशाख १७ गते उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम रहेको आयोगले जनाएको छ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ताजा खबर
- १सबैलाई निर्वाचनमा भाग लिने वातावरण बनाउन सरकारले आवश्यक कदम चालोस्ः अध्यक्ष दाहाल
- २सौराहामा रास्वपाको विस्तारित बैठक शुरु (तस्बिरसहित)
- ३बाबुराम भट्टराईको छलफलमाः जनार्दन शर्मादेखि डिपी अर्यालसम्म
- ४सुधनले मागे गृहमन्त्रीको राजीनामा, जेन–जीको माग पूरा नभए चुनाव हुन नदिने चेतावनी
- ५गृहमन्त्री अर्यालद्वारा पूर्वराष्ट्रपति भण्डारीसँग भेटवार्ताः आन्दोलनमा जलेको घरको निरीक्षण



तपाईको कमेन्ट लेख्नुहोस्