फेरि भेटौला भन्दै राजीनामा दिएर बिदाई भइन भरतपुरबाट रेणु दाहाल
काठमाडौं । चितवनको भरतपुरमा फेरि मेयरमा लड्ने तयारी गरिरहेकी रेणु दाहालले राजीनामा दिएकी छन् । अर्को कार्यकालका लागि सत्ता गठबन्धनको साझा उम्मेदवारको रुपमा मेयर पदमा उठ्ने भएपछि राजीनामा दिएकी भरतपुर महानगरपालिकाकी मेयर दाहालको बिदाइ गरियो ।
कार्यवाहक प्रमुख पार्वती शाह ठकुरीको उपस्थितिमा शुक्रबार महानगरपालिकाले दाहाललाई बिदाइ गरेको हो । सोही अवसरमा अर्को कार्यकाल चुनाव लड्न लागेका वडाअध्यक्ष तथा वडा सदस्यहरूलाई पनि महानगरपालिकाले बिदाइ गरेको थियो ।
कार्यवाहक प्रमुख पार्वती शाह ठकुरी र प्रमुख प्रशासकीय अधिकृत रामबन्दु सुवेदीले दाहालसहित वडाअध्यक्षहरू प्रकाश दवाडी ,चित्रसेन अधिकारी , विष्णुराज महतो ,राजेन्द्रमणि काफ्ले, विजय भूजेल लगायतलाई खादा लगाएर बिदाइ गरेका थिए । सो क्रममा कार्यबाहक प्रमुख ठकुरीले प्रमुख तथा अन्य वडाध्यक्षहरूलाई आसन्न निर्वाचनमा बिजयी भई पुनः स्वागत गर्न आफूआतुर रहेको भन्दै शूभकामना दिइन् ।
सो क्रममा दाहालले आफूले आसन्न स्थानीय निर्वाचनमा उमेद्वारी दिने योजनाका साथ राजीनामा गरी निर्वाचनमा होमिएको बताएकी छन् । विदाई कार्यक्रमको ब्यानरमै फेरि भेटौला भन्ने उल्लेख गरिएको थियो । नेपाली कांग्रेसको साथमा रेणु फेरि उमेद्वार बन्न लागेकी हुन् ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #रेणु दाहाल, #रेणु दाहालले राजीनामा
ताजा खबर
- १सबैलाई निर्वाचनमा भाग लिने वातावरण बनाउन सरकारले आवश्यक कदम चालोस्ः अध्यक्ष दाहाल
- २सौराहामा रास्वपाको विस्तारित बैठक शुरु (तस्बिरसहित)
- ३बाबुराम भट्टराईको छलफलमाः जनार्दन शर्मादेखि डिपी अर्यालसम्म
- ४सुधनले मागे गृहमन्त्रीको राजीनामा, जेन–जीको माग पूरा नभए चुनाव हुन नदिने चेतावनी
- ५गृहमन्त्री अर्यालद्वारा पूर्वराष्ट्रपति भण्डारीसँग भेटवार्ताः आन्दोलनमा जलेको घरको निरीक्षण



तपाईको कमेन्ट लेख्नुहोस्