फेरि भेटौला भन्दै राजीनामा दिएर बिदाई भइन भरतपुरबाट रेणु दाहाल
काठमाडौं । चितवनको भरतपुरमा फेरि मेयरमा लड्ने तयारी गरिरहेकी रेणु दाहालले राजीनामा दिएकी छन् । अर्को कार्यकालका लागि सत्ता गठबन्धनको साझा उम्मेदवारको रुपमा मेयर पदमा उठ्ने भएपछि राजीनामा दिएकी भरतपुर महानगरपालिकाकी मेयर दाहालको बिदाइ गरियो ।
कार्यवाहक प्रमुख पार्वती शाह ठकुरीको उपस्थितिमा शुक्रबार महानगरपालिकाले दाहाललाई बिदाइ गरेको हो । सोही अवसरमा अर्को कार्यकाल चुनाव लड्न लागेका वडाअध्यक्ष तथा वडा सदस्यहरूलाई पनि महानगरपालिकाले बिदाइ गरेको थियो ।
कार्यवाहक प्रमुख पार्वती शाह ठकुरी र प्रमुख प्रशासकीय अधिकृत रामबन्दु सुवेदीले दाहालसहित वडाअध्यक्षहरू प्रकाश दवाडी ,चित्रसेन अधिकारी , विष्णुराज महतो ,राजेन्द्रमणि काफ्ले, विजय भूजेल लगायतलाई खादा लगाएर बिदाइ गरेका थिए । सो क्रममा कार्यबाहक प्रमुख ठकुरीले प्रमुख तथा अन्य वडाध्यक्षहरूलाई आसन्न निर्वाचनमा बिजयी भई पुनः स्वागत गर्न आफूआतुर रहेको भन्दै शूभकामना दिइन् ।
सो क्रममा दाहालले आफूले आसन्न स्थानीय निर्वाचनमा उमेद्वारी दिने योजनाका साथ राजीनामा गरी निर्वाचनमा होमिएको बताएकी छन् । विदाई कार्यक्रमको ब्यानरमै फेरि भेटौला भन्ने उल्लेख गरिएको थियो । नेपाली कांग्रेसको साथमा रेणु फेरि उमेद्वार बन्न लागेकी हुन् ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #रेणु दाहाल, #रेणु दाहालले राजीनामा
ताजा खबर
- १युद्धको भिडियो र फोटो सामाजिक सञ्जालमा हाल्ने ६ नेपाली पक्राउ, कडा कारबाही र डिपोर्ट हुनसक्ने परराष्ट्रको चेतावनी
- २सेवा प्रवाह प्रभावकारी बनाउन काठमाडौं प्रशासनमा ‘सार्वजनिक सम्बोधन प्रणाली’ लागू
- ३नयाँ जनादेशले देशलाई स्थायित्व, विकास र समृद्धितर्फ अघि बढाउने आशा जगायो : प्रधानमन्त्री
- ४पैसाको सदुपयोग गर्न जान्नुपर्छ– गभर्नर
- ५ड्रोन आक्रमणपछि दुबई विमानस्थल अस्थायीरुपमा बन्द



तपाईको कमेन्ट लेख्नुहोस्