Techie IT
  • ६ असार २०८२, शुक्रबार
KhojPatrika

स्थानीय तहका सबै पदाधिकारीको म्याद जेठ ५ गते सकिने


काठमाडौं । प्रमुख आयुक्त दिनेश थपलियाले स्थानीय तहका सबै पदाधिकरीको म्याद आगामी जेठ ५ गते नै सकिने बताएका छन् । नेपाल पत्रकार महासंघ र प्रेस काउन्सिलको सहकार्यमा निर्वाचन आयोगले आयोजना गरेको मिडियासँग अन्तरक्रिया कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले २०७४ सालको स्थानीय तहको निर्वाचन तीन चरणमा भएको भए पनि जेठ ५ मा सबै पदाधिकारीको म्याद सकिने बताएका हुन् ।

म्याद सकिनुभन्दा २ महिना अगावै निर्वाचन गर्न सरकारलाई सुझाव दिएको तर त्यो सम्भव नभए पनि म्याद सकिनुअघि नै मिति घोषणा भइसकेकाले चुनावको तयारी अघि बढेको उनको भनाइ छ । उनले महिला उम्मेदवारीलाई प्राथमिकता दिन पनि आग्रह गरे । एउटै दलले उम्मेदवारी दिँदा ५० प्रतिशत महिला हुनुपर्ने व्यवस्था छ ।

यसैगरी उनले निर्वाचनको मौन अवधि सुरु भएदेखि नसकिँएसम्म मदिराजन्य पदार्थको बिक्री वितरणमा बन्देज लगाउन प्रस्ताव गरेको पनि जानकारी दिए । मौन अवधिमा सबैजना चुपचाप हुनुपर्नेमा ठीक उल्टो त्यहीबेला सबैभन्दा धेरै चलखेल हुने गरेको उनले बताए ।


क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #दिनेश थपलिया, #निर्वाचन आयोगमा प्रमुख आयुक्त दिनेश थपलिया

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं