स्थानीय तहका सबै पदाधिकारीको म्याद जेठ ५ गते सकिने
काठमाडौं । प्रमुख आयुक्त दिनेश थपलियाले स्थानीय तहका सबै पदाधिकरीको म्याद आगामी जेठ ५ गते नै सकिने बताएका छन् । नेपाल पत्रकार महासंघ र प्रेस काउन्सिलको सहकार्यमा निर्वाचन आयोगले आयोजना गरेको मिडियासँग अन्तरक्रिया कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले २०७४ सालको स्थानीय तहको निर्वाचन तीन चरणमा भएको भए पनि जेठ ५ मा सबै पदाधिकारीको म्याद सकिने बताएका हुन् ।
म्याद सकिनुभन्दा २ महिना अगावै निर्वाचन गर्न सरकारलाई सुझाव दिएको तर त्यो सम्भव नभए पनि म्याद सकिनुअघि नै मिति घोषणा भइसकेकाले चुनावको तयारी अघि बढेको उनको भनाइ छ । उनले महिला उम्मेदवारीलाई प्राथमिकता दिन पनि आग्रह गरे । एउटै दलले उम्मेदवारी दिँदा ५० प्रतिशत महिला हुनुपर्ने व्यवस्था छ ।
यसैगरी उनले निर्वाचनको मौन अवधि सुरु भएदेखि नसकिँएसम्म मदिराजन्य पदार्थको बिक्री वितरणमा बन्देज लगाउन प्रस्ताव गरेको पनि जानकारी दिए । मौन अवधिमा सबैजना चुपचाप हुनुपर्नेमा ठीक उल्टो त्यहीबेला सबैभन्दा धेरै चलखेल हुने गरेको उनले बताए ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #दिनेश थपलिया, #निर्वाचन आयोगमा प्रमुख आयुक्त दिनेश थपलिया
ताजा खबर
- १युद्धको भिडियो र फोटो सामाजिक सञ्जालमा हाल्ने ६ नेपाली पक्राउ, कडा कारबाही र डिपोर्ट हुनसक्ने परराष्ट्रको चेतावनी
- २सेवा प्रवाह प्रभावकारी बनाउन काठमाडौं प्रशासनमा ‘सार्वजनिक सम्बोधन प्रणाली’ लागू
- ३नयाँ जनादेशले देशलाई स्थायित्व, विकास र समृद्धितर्फ अघि बढाउने आशा जगायो : प्रधानमन्त्री
- ४पैसाको सदुपयोग गर्न जान्नुपर्छ– गभर्नर
- ५ड्रोन आक्रमणपछि दुबई विमानस्थल अस्थायीरुपमा बन्द



तपाईको कमेन्ट लेख्नुहोस्