डिल्लीबजार मालपोतमा आगो लाग्यो कि लगाइयो,खरानी भए महत्वपूर्ण कागजात
	
				
			काठमाडौं । काठमाडौंको डिल्लीबजार मालपोत कार्यालयमा आगलागी भएको छ । बुधबार करिब ९ बजे आगलागी भएको बताइएको छ ।

आगलागीबाट मालपोत कार्यालयका २ सय वटा फाइल पूरै तथा आंशिक जलेर नष्ट भएको मालपोत कार्यालय डिल्लीबजार प्रमुख टुनाबहादुर श्रेष्ठले बताए । विद्युत सर्ट भई आगलागी भएको दाबी श्रेष्ठले गरे । उनले विद्युत सर्ट भई मालपोत कार्यालयको कोठाका स्वीच समेत जलेर आगलागी भएको र फाइलहरु जलेको दाबी गरेका छन् ।

बिद्युत सर्ट भएर आगलागी हुँदा त पूरै घर जल्नुपर्ने भन्दै सेवाग्राहीले प्रश्न उठाएका छन् । उनीहरुले कुनै जग्गाका फाइलमा कुनै मिलेमतो गर्नका लागि आगलागी गरिएको आशंका समेत गरेका छन् । कोठाबाट आगलागी भएर धुवाँ आएको देखिएपछि साथीहरुले थाहा पाएर फायर फाइटरले अगो निभाइको श्रेष्ठले दाबी गरेका छन् ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #डिल्लीबजार मालपोत कार्यालय, #फाइल पूरै तथा आंशिक जलेर नष्ट
ताजा खबर
- १प्रचण्डसँग बिदा माग्दै जनार्दनले भने– अहिले आउँदिनँ, आवश्यक परे पछि मिलौँला
 - २जेन–जी आन्दोलनमा मृत्यु भएका ४५ जना शहीद घोषणा
 - ३एनआईसी एसिया बैंकको सीईओमा सुजितकुमार शाक्य नियुक्त
 - ४सार्वजनिक खर्चमा मितव्ययिता कायम गरी सार्वजनिक कोषको प्रभावकारी उपयोग गर्न प्रधानमन्त्रीको निर्देशन
 - ५एमाले निर्वाचनबाट भाग्दैनः शंकर पोखरेल
 

				
				
				
				
				
				

तपाईको कमेन्ट लेख्नुहोस्