Techie IT
  • २२ वैशाख २०८२, सोमबार
KhojPatrika

जनक शिक्षा सामग्री केन्द्रमा बेथिति, कागज खरिददेखि प्रयोगसम्ममा बद्मासी


काठमाडौं । भक्तपुरको सानोठिमीस्थित जनक शिक्षा सामाग्री केन्द्रमा मौलाएको अर्को बिकृति हो कागज खरिददेखि प्रयोगसम्ममा बद्मासी । कागज खरिद गर्दा गरिएको टेण्डर आह्वान होस् या किताव छाप्न प्रयोग हुने कागज र फर्मामा नै किन नहोस् कर्मचारी प्रेस प्रमुख पर्शुराम भुजुदेखि प्रबन्ध सञ्चालक अनिलकुमार झासम्मको मिलेमतोमा कागजमै करोडौं घोटाला हुने तथ्य हामीले फेला पारेका छौं । सबैको पहुँचमा नहुने जनक शिक्षा सामाग्री केन्द्रभित्र कस्तो होला भन्ने सबैको जिज्ञासा पनि रहन्छ । कक्षा १ देखि १२ सम्मसम्मको पाठ्यक्रम छपाईदेखि प्रश्नपत्र र उत्तरपुस्तिका छपाईको काम मात्रै होइन सरकारी कार्यालय, गैरसरकारी र निजी कम्पनीका पुस्तक निर्माण, बुस्टर छपाई जस्ता धेरै काम जनक शिक्षा पाठ्यक्रम विकास केन्द्रले गर्दै आएको छ । तर, सरकारी स्वामित्वमा रहेको जनक शिक्षा सामाग्री केन्द्र घाटामा र कर्मचारी मोटाउने काम भइरहेको छ । त्यसैले त प्रवन्ध सञ्चालकमा दोहोरिन अनिलकुमार झाले राम्रै कमिसन बुझाएका थिए भन्ने प्रष्टै देखिन्छ ।

जनक शिक्षा सामाग्री केन्द्रमा चरम बद्मासी भएको छ भन्ने थाहा पाएपछि केहीदिन अघि हामी कार्यालयमा पुग्यौं । केन्द्रका प्रेस प्रमुख पर्शुराम भुजुले हामीलाई काम भइरहेको स्थान अर्थात् किताव छपाई भइरहेको स्थान त्यो पनि सफा सुग्घर भएको स्थानमा पु¥याए । छपाई मिसिन चलिरहेको स्थानमा पु¥याए र काम धमाधम भइरहेको जानकारी गराए । तर, हामीलाई केन्द्रमा भएको बेथितिबारेको रिपोटिङ गर्नुथियो । कर्मचारीलाई झुक्याउदै हामी छपाईपछि कागज फाल्ने स्थानमा पुग्यौं । जनक शिक्षा सामाग्री केन्द्रमा अनौठो सेटिङ चल्छ । खरिद गर्दा १ रोलमा ५ सय केजी कागज हुन्छ । तर, पुस्तक छपाईमा कति प्रयोग भयो र कति खेर गयो भन्ने समेत कुनै लेखाजोखा राखिदैन । जसले गर्दा कर्मचारीलाई सेटिङ गर्न निक्कै सजिलो भएको छ ।

अझ कर्मचारीको मिलेमतोले रोलमै भएको २५ देखि ३० प्रतिशत कागज मेसिनमा राख्न सकिदैन भन्दै फाल्ने गरिएको छ । त्यहि कागज सस्तोमा रिभाइन गर्न टेण्डर दिने र महंगोमा जनक शिक्षा सामाग्री केन्दले नै खरिद गर्ने अनौठो धन्दा बन्द काउण्डभित्र निरन्तर चलिरहेको छ । हामीले वइस्टेज भएको कागज फालिएको स्थानमा दृश्य कैद गर्दै गर्दा प्रेस प्रमुख पर्शुराम भुजु हतार हतार आए र भन्न लागे यो कागज हामी रिभाइन गछौं भन्दै थिए । महंगोमा तौल गरेर किनिएको कागज रिभाइन गर्दा नै ३० प्रतिशत भन्दा बढी कागज प्रयोगमा आउदैन । अझ कागज खरिदमा समेत कर्मचारी आफैले टेण्डर हाल्ने र बाहिरको कुनै ब्यक्तीलाई जनक शिक्षा सामाग्री केन्दमा प्रबेश गर्न नदिनुले त्यहा चलखेलका लागि सिण्डीकेट नै कायम गरिएको छ । यदि प्रेस प्रमुख पर्शुराम भुजुले रिभाइन गर्ने भनिएको कागज जथाभावी फालिएको भेटिएको छ ।

नयाँ जनशक्ति भर्ना गर्ने र कागजबाट कमिसन खाने कर्मचारीको यो धन्दा बर्षौदेखि चल्दै आएको छ । तर, पनि कुनै निकायको चासो अहिलेसम्म नजानु नै बिडम्बना हो । कागजमै भएको अर्को अनियमितता केही महिना अघि पनि बाहिरिएको थियो । जनक शिक्षाले किर्ते ल्याब रिपोर्ट खडा गरी गुणस्तरहीन कागज आपूर्ति गर्ने ठेकेदारलाई ६४ करोड आठ लाख रुपैयाँको अवैध ठेक्का दिएको थियो । पाठ्यपुस्तक छापिने कागजको ‘ब्राइटनेस’ (सेतोपना) ९० प्रतिशतभन्दा बढी हुनुपर्छ । यो क्राइटेरिया जनक शिक्षा आफैले बनाएको हो । भारतको पेपर टेस्टिङ लेब्रोटरीले यही जनवरी ४ तारिखमा पठाएको कागजको गुणस्तरसम्बन्धी ल्याब रिपोर्टमा जनक शिक्षाले खरिद गरेको कागजको गुणस्तर ब्राइटनेस ८५ दशमलव २ प्रतिशत मात्र छ ।

९० र ८५ दशमलव २ प्रतिशतबीच भएको मूल्यको फरक प्रतिमेट्रिक टन १० हजार रुपैयाँ हुन्छ । ठेकेदार कम्पनीले ८५ दशमलव २ प्रतिशत ब्राइटनेस भएको कागज आपूर्ति गरेर ६ करोड रुपैयाँ घोटाला गरेको थियो । ८५ प्रतिशतसम्म ब्राइटनेस भएको कागज उत्पादन नेपालमै हुन्छ । ९० प्रतिशत ब्राइटनेसको कागज नेपालमा उत्पादन हुँदैन । नेपाली उत्पादकलाई बोलपत्र प्रक्रियाबाटै रोकेर कागज आपूर्ति चाहिं नेपालमै उत्पादन हुने बराबरको गरियो । ठेकेदारलाई कागज आपूर्तिबापत भुक्तानी गर्दा जनक शिक्षाले गरेको माइन्यूट ठेकेदारलाई कागज आपूर्तिबापत भुक्तानी गर्दा जनक शिक्षाले गरेको माइन्यूट जनक शिक्षाले ठेकेदार विध म्यानेजमेन्ट, म्याप र सीभीसी जेभीलाई भुक्तानी दिंदा गरेको माइन्यूटमा १६ डिसेम्बरमा भारतको उक्त ल्याबले प्रतिवेदन दिएको उल्लेख छ । जबकि उक्त ल्याबले पछि मात्रै प्रतिवेदन पठाएको थियो ।

अहिले जनक शिक्षाले भारतीय ल्याबको प्रतिवेदन गायब बनाएको छ । जनक शिक्षाले आगामी चैत १० गतेसम्म ६ हजार मेट्रिक टन कागज आपूर्ति सुनिश्चित हुने गरी उक्त जेभीलाई ठेक्का दिएको थियो । कागज आपूर्ति ठेक्का पाएको विध म्यानेजमेन्ट नेपालमा कोरोना भाइरसको पीसीआर टेस्ट गर्ने ल्याब हो । त्यसैगरी म्याप इन्टरप्राइजेज विभिन्न मेसिन तथा औजार आपूर्ति गर्ने कम्पनी हो भने सीबीसीचाहिं निर्माण कार्य गर्ने कम्पनी हो । यिनीहरुको यो संयुक्त कम्पनीलाई कागज आपूर्तिको ठेक्का दिनुअघि जनक शिक्षाले सुदीपा ट्रेडिङ कम्पनीले प्रतिमेट्रिक टन एक लाख एक हजार चार सय ६५ रुपैयाँ (सबैभन्दा न्यून) प्रस्ताव गरेको थियो ।

सबैभन्दा कम दरमा हाल्ने उक्त कम्पनीलाई ठेक्का नदिई दोस्रोपटक टेण्डर आव्हान गरिएको थियो । पहिलो ठेक्का रद्द गर्ने बेला ‘कागज उत्पादन गर्ने मिलको अनुभवको प्रमाणपत्र नभएको’ कारण देखाइएको थियो । हाल ठेक्का पाएको संयुक्त उद्यम (जेभी) ले प्रतिमेट्रिक एक लाख ६ हजार आठ सय रुपैयाँमा हालेको छ । यो कम्पनीलाई ठेक्का दिंदा जनक शिक्षालाई ३ करोड ६२ लाख रुपैयाँ ठाडै घाटा लागेको छ । यहि पछिल्लो टेण्डरले पनि देखाएको छ कमिसनमा जनक शिक्षा कसरी चुर्लुम्म डुब्दैछ भन्ने ।


क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #कागज खरिददेखि प्रयोगसम्म, #केन्द्रमा चरम बद्मासी, #जनक शिक्षा सामाग्री केन्द्र

तपाईको कमेन्ट लेख्नुहोस्