Techie IT
  • ६ असार २०८२, शुक्रबार
KhojPatrika

भारत भ्रमणमा रहेका प्रधानमन्त्री देउवाले उठाउनुपर्ने सवाल


काठमाडौं । भारतको सद्भावना भ्रमणका क्रममा प्रधानमन्त्री शेरवहादुर देउवा यतिवेला नयाँ दिल्लीमा छन् । नेपाल र भारतबीच थाँती रहेको धेरै समस्या सुल्झाउनुपर्ने छ । नेपालको भूराजनीतिक परिवेशका कारण सन्तुलित कुटनीति अपरिहार्य छ । खासगरी बिशाल छिमेकी भारतका जायज चासो एवं सरोकार पनि नेपालले मनन् गर्ने पर्छ ।

नेपालमा २०७२ मा संविधान जारी भएपछि बेखुशी जस्तो देखिएको भारतसंग पछिल्लो पटक सम्बन्ध सुमधुर गर्ने प्रयत्नमा नेपाल लागेको छ । यसै पृष्ठभूमिमा कोभिड पछि भारतमा नेपालको तर्फबाट उच्चस्तरीय भ्रमण भएको हो । सिमा समस्या,ब्यापार घाटा, इपिजी प्रतिवेदन, लगायत धेरै बिषय दुइ पक्षिय सरोकारका बिषय हुन् ।

परम्परागत रुपमा रोटी बेटीको सम्बन्ध भएको भारतसंग आफ्ना कुरा प्रष्टसंग राख्नुपर्ने र समाधान गर्नुपर्ने बिषय कुटनीतिक माध्यमबाट समाधान गर्नुपर्नेमा कुटनीतिज्ञहरुको जोड छ । यो भ्रमणबाट भारसंग बिश्वासको बातावरण र समझदारी बनाउन उपयोग गर्नुपर्ने पनि कुटनीतिज्ञको धारणा छ । प्रधानमन्त्री स्तरमा ४ बर्षपछि नेपालबाट भारतको भ्रमण भएको हो ।

यस अघि केपी शर्मा ओली प्रधानमन्त्रीका रुपमा भारत भ्रमणमा गएका थिए । यस्ता भ्रमणबाट ठूलो अपेक्षा राख्नुभन्दा पनि सद्भावका लागि वातावरण बनाउनुनै यस्ता भ्रमण केन्द्रीत हुने पनि कुटनीज्ञिहरुको भनाई छ । नेपालको संसदबाट एमसीसी पारित भएको अबस्था, चीनका बिदेशमन्त्री वाङ यीको नेपाल भ्रमण लगत्तै देउवाको नयाँ दिल्ली भ्रमणलाई अत्यन्त चासोपूर्बक हेरिएको छ ।


क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #नयाँ दिल्ली, #नेपालको भूराजनीतिक परिवेश, #रोटी बेटीको सम्बन्ध

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं