कांग्रेस गठबन्धनकै पक्षमा, स्थानीय आबश्यकताका आधारमा चुनावी तालमेल
काठमाडौं । गठबन्धन गर्ने कि नगर्ने भन्नेमा नेपाली कांग्रेस भित्र प्रष्ट दुइ धार थियो । केहि दिन देखि चलेको केन्द्रीय समिति बैठकमा पनि यसबारे घनीभूत छलफल भयो । शेखर कोइराला समूह गठबन्धन बनाउन नहुने पक्षमा रहेपनि कांग्रेसले गठबन्धनमा जाने औपचारिक निर्णय गरेको हो ।
बैठकपछि काँग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले सर्वसम्मत रुपमा तालमेल गर्ने निर्णय भएको जानकारी दिए । यो निर्णयसँगै काँग्रेसले सत्ता गठबन्धनका घटक नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी र जनता समाजवादी पार्टीसँग चुनावी तालमेल गर्ने निश्चितप्रायः भएको छ । काँग्रेसले स्थानीय तह निर्वाचनका लागि विभिन्न समिति गठन गरेको छ । उ
पसभापति पूर्णबहादुर खड्कालाई निर्वाचन परिचालन समितिको संयोजक तोकेको छ । उनी काँग्रेसको चुनावी कमाण्डर भएका छन् । डा. प्रकाशशरण महतको संयोजकत्वमा प्रचार प्रसार समिति पनि गठन भएको छ । गठबन्धन गर्ने निर्णय भएपनि स्थानीय तहमा त्यस्को ब्यवस्थापन र संयोजन भने कांग्रेसका लागि भारि पर्ने देखिन्छ ।
खासगरी भरतपुर महानगरपालिकामा माओवादीलाई मेयर छोड्न नसकिने बिषय कांग्रेसका लागि अस्तित्वका बिषय बन्न सक्ने देखिन्छ । यो गठबन्धन तीन तहको निर्वाचन सम्म जाने बताइपनि त्यस्को प्रारुप भने अझै स्पष्ट भैसकेको छैन । स्थानीय तह निर्वाचन आगामि बैशाख ३० गतेका लागि तय भएको छ ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #नेपाली कांग्रेस, #प्रकाशशरण महत, #शेखर कोइराला समूह
ताजा खबर
- १कांग्रेसले भन्यो– हामी कसैसँग चुनावी गठबन्धन गर्दैनौँ
- २कुलमानले भने–भाषण गरेर कोही प्रधानमन्त्री हुँदैन
- ३एपस्टिनसँग बिताएको प्रत्येक क्षणप्रति मलाई पछुतो छः बिल गेट्स
- ४रास्वपामा प्राइमरी इलेक्सनका नाममा पैसा असुली,धमाधम नेताहरुले छोड्दै पार्टी
- ५फागुन २१ गते एकै चरणमा निर्वाचनबारे प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीको छलफल



तपाईको कमेन्ट लेख्नुहोस्