नेपालले भारतलाई ४ रुपैयाँ युनिटमा बिद्युत बेच्ने, भारतसँग ३८ रुपैयाँमा किन्ने ?

काठमाडौं । नेपालले शुक्रबारदेखि बिद्युत ब्यापारमा चर्को घाटा ब्यहोरिरहेको छ । रसिया–युक्रेन युद्धका कारण भारतले निर्यात गर्ने विद्युत् महँगो हुँदा नेपालले शुक्रवारदेखि प्रतियुनिट ३८ रूपैयाँसम्म खर्च गर्नु परेको छ । भारतले सस्तोमा बिजुली उपलब्ध गराउन नसक्दा नेपालमा लोडश्रेणी हुन थालेपछि जतिमा उपलब्ध हुन्छ त्यतिमै किन्नु परेको विद्युत् प्राधिकरणको भनाइ छ ।
बिहीवार २० भारतीय रूपैयाँ (भारू) मा खरीद गर्ने गरी प्रस्ताव पेश गरेको थियो । भारतीय बजारमा बिजुली निर्यातको भाउ प्रतियुनिट अधिकतम भारू २० पुगेको छ । सो भन्दा कममा प्रस्ताव हाल्दा बिद्युत पाउने सम्भावना हुँदैन । नेपालले भारू २० खर्चेर बिजुली किन्दा नेपाली ३२ रूपैयाँ पर्छ । तर, त्यसको चुहावटसहितको लागत जोड्दा ३८ रूपैयाँ पुग्ने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ पत्रकार सम्मेलन नै गरेर जानकारी दिएका थिए ।
उनले बढी मूल्यमा बिजुली किन्दा पनि तत्कालै भाउ बढाएर बिक्री गर्ने अवस्था नभएको भन्दै प्राधिकरणलाई यसबाट परेको चर्को घाटा एक हप्तादेखि १० दिनसम्म धान्न सकिने तर, त्यसपछि भने सरकारले हेरिदिनुपर्ने बताउछन् । यस्तो चर्को शुल्क अल्पकालीन भएकोले तत्कालै बिजुलीको भाउ नबढ्ने र लोडसेडिङ पनि नहुने घिसिङको भनाई छ । भारतको बिजुली व्यापार शेयर बजारजस्तै भएकोले राति १२ बजेदेखि २४ घण्टासम्म तिर्नुपर्ने मूल्यका लागि हरेक दिन बिहान १० देखि १२ बजेभित्रै प्रस्ताव पेश गर्नुपर्छ ।
रसिया–युक्रेन युद्धका कारण कोइलाको आयात कम भएको र भारतमा अधिक माग हुँदा बिजुली उत्पादन महँगो परेको हो । निर्यात गर्ने बिजुली कोइलाबाट मात्रै उत्पादन गर्ने भारतीय नीति भएकाले पनि नेपालले अहिले महँगोमा किन्नुपर्ने बाध्यता आइलागेको हो । नेपालले अहिले महँगोमा बिजुली किन्नु परे पनि बेच्दा भने प्रतियुनिट ४ रूपैयाँ मात्रै छ । नेपाल–भारत एक्सचेन्ज योजनाअन्तर्गत यो वर्ष औपचारिक रुपमा जम्मा ३९ मेगावाट बिजुली मात्रै भारतलाई बिक्री गरेको छ । यस्तो बिजुलीको बिक्री दर ३ रूपैयाँ ५० पैसादेखि ४ रूपैयाँ मात्रै रहेको प्राधिकरणले जनाएको छ ।
अहिले भने नेपालले बिद्युत बेचेको छैन् । किन्दा महँगो पर्ने भए पनि सिस्टमबाट एक्सचेन्ज हुँदा पाउने मूल्य भने ४ रूपैयाँ भन्दा बढी नभएको प्राधिकरणको भनाई छ । विद्युत प्राधिकरणले बिजुली बेचेर मासिक ७ अर्ब कमाउने गरेको छ । तर, पछिल्लो एक सातादेखि भने दैनिक २२ करोड रूपैयाँ घाटा हुन थालेको छ । यस्तो घाटा ३५ दिनमै ८ अर्ब पुग्ने अनुमान प्राधिकरणले गरेको छ ।
क्याटेगोरी : अर्थ, जनगुनासो, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #बिजुली निर्यात, #बिद्युत ब्यापार, #रसिया–युक्रेन युद्ध
ताजा खबर
- १डा.बाबुराम भट्टराईको प्रस्ताव प्रत्यक्ष निर्वाचित राष्ट्रपति, सांसद मन्त्री बन्न नपाउने
- २लुम्बिनी प्रदेशको बजेट आइबार आउँदै, चालू आवभन्दा घटाइँदै
- ३मन्त्री पन्तले भने निजी विद्यालयलाई निषेध गरेर जान सकिँदैन
- ४०८३ को मंसिर अघि नै महाधिवेशन हुन्छः गगन थापा
- ५जनार्दन शर्मालाई पार्टी छोड्न नभनेको प्रचण्डको दाबी
तपाईको कमेन्ट लेख्नुहोस्