चीनले नेपाललाई हस्तान्तरण गर्यो निर्माणाधिन पोखरा अन्तर्राष्ट्रिय विमानस्थल
काठमाडौं । चीन सरकारद्वारा निर्माणाधिन पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नेपाल सरकारलाई हस्तान्तरण गरेको छ । नेपालको तीन दिने भ्रमणमा आएका चिनियाँ विदेशमन्त्री वाङ यीले प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा विमानस्थलको साँचो नेपाललाई हस्तान्तरण गरेका हुन् । नेपालका तर्फबाट परराष्ट्रमन्त्री डाक्टर नारायण खड्काले साँचो लिएका छन् ।
साँचो हस्तान्तरण लगत्तै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा निर्माण कम्पनीलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले कदरपत्र प्रदान गरेका छन् । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका आयोजना प्रमुख विनेश मुनकर्मीका अनुसार अहिलेसम्म विमानस्थलको ९३ प्रतिशत काम सकिएको छ ।
विमानस्थल निर्माणको बाँकी रहेको सात प्रतिशत काममा डेकोरेशन, फिनिसिङ लगायत मात्रै रहेको बताइएको छ । विमानस्थलको रनवे, विमानस्थल पार्किङ, ट्याक्सी पार्किङ, एप्रोन, ह्याङ्गर, टर्मिनल भवन, ट्रान्सफर्मर लगायतका १४ वटा भवनको निर्माण काम यसअघि नै सकिएको थियो । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा टर्मिनल भवन हुँदै सोझै जहाजभित्र जाने विमान पुल (प्यासेन्जर बोडिङ ब्रिज) एउटा जडान भइसकेको छ भने अर्को जडान गर्न बाँकी रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ ।
गत जुलाई १० मै निर्माणको काम सकेर हस्तान्तरण गर्ने भनिएकामा कोरोना संक्रमणका कारण एक वर्षपछि सरेको थियो । पोखरा विमानस्थलमा आगामी वैशाखदेखि परीक्षण उडान गर्ने लक्ष्य राखिएको छ । यो विमानस्थलमा बोइङ ७५७ र एअरबस ३२० सम्मका विमान उडान तथा अवतरण गर्न सहज हुने अपेक्षा गरिएको छ ।
क्याटेगोरी : अर्थ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #चिनियाँ विदेशमन्त्री वाङ यि, #पोखरा अन्तर्राष्ट्रिय विमानस्थल, #प्रेम आले
ताजा खबर
- १रास्वपाको पहिलो केन्द्रिय समिति बैठकः अनुशासन आयोगको प्रमुखमा पूर्वन्यायाधीश पौडेल मनोनित
- २प्रविधिजन्य लैङ्गिक हिंसा नियन्त्रणका लागि राष्ट्रिय सभामा संकल्प प्रश्तावमाथि छलफलः नयाँ कानून र संरचना बनाउन सांसदहरूको माग
- ३मुस्ताङमा युरेनियम उत्खननका लागि वैदेशिक सम्झौता भएको चर्चा निराधारः परराष्ट्रमन्त्री
- ४सबै उजुरीकर्तालाई संसदीय सुनुवाई समितिमा बोलाउन आवश्यक छैनः कविन्द्र बुर्लाकोटी
- ५संसदीय सुनुवाई प्रणालीलाई पुनरावलोकन गर्नुपर्छः वर्षमान पुन



तपाईको कमेन्ट लेख्नुहोस्