आइपुगे चिनियाँ विदेशमन्त्री वाङ यी काठमाडौंमा
काठमाडौं । तीन दिने भ्रमणको सिलसिलामा भारतमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यी काठमाडौं आइपुगेका छन् । २५ सदस्यीय भ्रमण टोलीसहित काठमाडौं उत्रिएका वाङ विमानस्थलबाट द्वारिका होटेल पुगेका छन् ।
वाङले औपचारिक भेटघाट भने शनिबार बिहानदेखि मात्रै गर्नेछन्। शनिबार विहान नेपालका समकक्षी डाक्टर नारायण खड्कासँग उनले भेटघाट गर्नेछन् । त्यसअघि उनी बिहान साढे ६ बजे नै शिवपुरीमा हाइकिङ जाने कार्यक्रम तय भएको छ ।
शनिबार दिउँसो प्रधानमन्त्री शेरबहादुर देउवा र आइतबार बिहान राष्ट्रपति विद्यादेवी भण्डारीसँग छलफल गर्ने कार्यतालिका छ । वाङले आइतबार नै एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेपछि साँझ चीन फर्किने छन् ।
चीनले आफ्नो छिमेकमा पहिलेभन्दा बढी सुरक्षा चासो लिइरहेको बेलामा वाङको भ्रमण हुन भएको हो । विशेषगरी नेपालले मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसी अनुमोदन गरेलगत्तै चिनियाँ परराष्ट्रमन्त्रीले गरेको भ्रमणलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #चिनियाँ विदेशमन्त्री वाङ यि, #वाङ यी
ताजा खबर
- १कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् २९७ सदस्यीय कार्यसमिति
- २गगन थापाको घोषणा : कांग्रेसमा आजदेखि सबै गुट सकियो, अब कुनै समूह छैन
- ३रसायनशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सका कागन र जापानका सोईलाई
- ४चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरण अनुसन्धान बिभागको छापा
- ५कांग्रेस सभापतिको उम्मेदवारी फिर्ता गर्ने किशोरसिंह राठोरको घोषणा, गगन थापालाई समर्थन



तपाईको कमेन्ट लेख्नुहोस्