आइपुगे चिनियाँ विदेशमन्त्री वाङ यी काठमाडौंमा
काठमाडौं । तीन दिने भ्रमणको सिलसिलामा भारतमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यी काठमाडौं आइपुगेका छन् । २५ सदस्यीय भ्रमण टोलीसहित काठमाडौं उत्रिएका वाङ विमानस्थलबाट द्वारिका होटेल पुगेका छन् ।
वाङले औपचारिक भेटघाट भने शनिबार बिहानदेखि मात्रै गर्नेछन्। शनिबार विहान नेपालका समकक्षी डाक्टर नारायण खड्कासँग उनले भेटघाट गर्नेछन् । त्यसअघि उनी बिहान साढे ६ बजे नै शिवपुरीमा हाइकिङ जाने कार्यक्रम तय भएको छ ।
शनिबार दिउँसो प्रधानमन्त्री शेरबहादुर देउवा र आइतबार बिहान राष्ट्रपति विद्यादेवी भण्डारीसँग छलफल गर्ने कार्यतालिका छ । वाङले आइतबार नै एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेपछि साँझ चीन फर्किने छन् ।
चीनले आफ्नो छिमेकमा पहिलेभन्दा बढी सुरक्षा चासो लिइरहेको बेलामा वाङको भ्रमण हुन भएको हो । विशेषगरी नेपालले मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसी अनुमोदन गरेलगत्तै चिनियाँ परराष्ट्रमन्त्रीले गरेको भ्रमणलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #चिनियाँ विदेशमन्त्री वाङ यि, #वाङ यी
ताजा खबर
- १युद्धको भिडियो र फोटो सामाजिक सञ्जालमा हाल्ने ६ नेपाली पक्राउ, कडा कारबाही र डिपोर्ट हुनसक्ने परराष्ट्रको चेतावनी
- २सेवा प्रवाह प्रभावकारी बनाउन काठमाडौं प्रशासनमा ‘सार्वजनिक सम्बोधन प्रणाली’ लागू
- ३नयाँ जनादेशले देशलाई स्थायित्व, विकास र समृद्धितर्फ अघि बढाउने आशा जगायो : प्रधानमन्त्री
- ४पैसाको सदुपयोग गर्न जान्नुपर्छ– गभर्नर
- ५ड्रोन आक्रमणपछि दुबई विमानस्थल अस्थायीरुपमा बन्द



तपाईको कमेन्ट लेख्नुहोस्