संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदमा चीनले मात्र दियो रूसलाई भोट, १३ मुलुकले गरे बहिष्कार
काठमाडौं । युक्रेनमाथि आक्रमण गरेको एक महिना बित्दा रूसले संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदमा पेस गरेको एउटा प्रस्ताव पनि फेल भएको छ। बुधबार सुरक्षा परिषदमा रूसले युक्रेनमा मानवीय सहायता गर्नुपर्ने प्रस्ताव पेस गरेको थियो। युक्रेनमाथि भइरहेको रूसी आक्रमणबारे उल्लेख नै नगरी आएको उक्त प्रस्तावलाई बाँकी सदस्य राष्ट्रहरूले अस्वीकार गरेका छन् ।
रूसको प्रस्तावका पक्षमा चीनले मात्रै भोट हालेको थियो। भारतसहित बाँकी १३ राष्ट्रले मतदान बहिष्कार गरेका थिए । १५ सदस्यीय सुरक्षा परिषदबाट कुनै प्रस्ताव पारित हुन ९ राष्ट्रले पक्षमा मत हाल्नुपर्छ। आफ्नो र चीनको मात्रै भोट पाएपछि सुरक्षा परिषदको स्थायी सदस्य रहेको रूसको उक्त प्रस्ताव असफल भएको हो। यसैबीच युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसविरुद्धको युद्धमा अन्तर्राष्ट्रिय एकताका लागि आह्वान गरेका छन ।
रुसको आक्रमण दोस्रो महिनामा प्रवेश गर्दा राष्ट्रपति जेलेन्स्कीले पुनःविश्व समुदायको साथ खोजेका हुन । आफूले वार्तामार्पmत समस्याको सामाधन खोज्न चाहेपनि रुसले नचाहेको उनको आरोप छ । यसैबीच, रुसी सेनाले युक्रेनमा युद्ध अपराध गरेको संयुक्त राज्य अमेरिकाले ठहर गरेको छ ।
युक्रेनी सहरहरूबाट बुधवार मानवीय करिडोर मार्फत ४ हजार ५०० भन्दा बढी मानिसलाई बाहिर निकालिएको युक्रेनी अधिकारीले बताएका छन् । रुसले अमेरिकी कूटनीतिज्ञहरूलाई जस्तालाई त्यस्तै नीति अनुरुप निष्कास नगर्ने जनाएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेननाटो, इयू र जी सेभेनको बैठकमा भाग लिने ब्रसेल्स पुगेका छन । युरोपेली भ्रमणका क्रममा उनले रुसमाथि थप प्रतिबन्ध लगाउने अपेक्षा गरिएको छ ।
क्याटेगोरी : राजनीति, विदेश, समाचार
ट्याग : #राष्ट्रपति जेलेन्स्की, #संयुक्त राष्ट्रसंघ, #सुरक्षा परिषद
ताजा खबर
- १एमाले महाधिवेशन–मतदान प्रक्रिया स्थगित, भोलि बिहान ८ बजेबाट हुने
- २रवीन्द्र मिश्र आफ्नै निर्वाचन क्षेत्रमा उपेक्षित
- ३चुनौतिपूर्ण राष्ट्रिय राजनीतिको सामना गर्न एकतावद्ध भएर अगाडि बढ्नुपर्ने आवश्यकताका कारण महासचिवमा दोहोरिने निर्णय गरेँः शंकर पोखरेल
- ४दलहरूसँग संवादका लागि सरकारले बनायो समिति, अनिल सिन्हा संयोजक
- ५एमालेलक्षित गृहमन्त्रीको टिप्पणीः निर्वाचन हुँदैन भनेर भ्रम फैल्याउने काम नगरियोस्



तपाईको कमेन्ट लेख्नुहोस्