कांग्रेसले गर्यो नेविसंघ अध्यक्षमा शेर्पा र तरुण अध्यक्षमा गुरुङलाई मनोनित
काठमाडौं । नेपाली कांग्रेसले तरुण दलको अध्यक्षमा विद्वान गुरुङ र नेविसंघको अध्यक्षमा दुजाङ शेर्पालाई मनोनीत गरेको छ । कांग्रेसको गत फागुन ३ गते बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सभापति शेरबहादुर देउवालाई भ्रातृ संस्थामा रिक्त रहेका र स्वतः विघटन भएका संस्थाहरुको तदर्थ समिति गठन गर्ने अधिकार दिएको थियो ।
देउवाले सोही अधिकार प्रयोग गर्दै आज नेविसंघ र तरुण दलमा केन्द्रीय तदर्थ कार्यसमितिमा नेतृत्व चयन गरेका हुन् ।तदर्थ समितिले स्थानीय तह, प्रदेश सभा र प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम परिणाम आएको मितिले तीन महिनाभित्र केन्द्रीय अधिवेशन गरिसक्नुपर्ने बताइएको छ । बैठकले मिति नै तोकेर फागुन मसान्तसम्म रिक्त पदमा मनोनय नर्ग र भ्रातृ संस्थाको तदर्थ समिति गठन गर्न भनेको थियो ।
बैठकले नेपाल विद्यार्थी संघ, नेपाल तरुण दल, नेपाल किसान संघ, नेपाल प्रजातन्त्र सेनानी संघ, नेपाल आदिवासी जनजाति संघ, राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघ, राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघ, नेपाल तामाङ संघ, नेपाल ठाकुर समाज, नेपाल महिला संघ र नेपाल भूतपूर्व सैनिक संघको केन्द्रीय समिति विघटन गरेर तदर्थ समिति बनाउने जिम्मा देउवालाई दिएको थियो ।
पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बुधवार प्रेस विज्ञप्ति जारी गर्दै नियुक्तिबारे जानकारी दिएका छन् । विज्ञप्तिमा उल्लेख छ, ‘तदर्थ कार्यसमितिले स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम परिणाम प्राप्त भएको मितिले ३ महिनाभित्र केन्द्रीय अधिवेशन सम्पन्न गरिसक्नुपर्नेछ ।’

क्याटेगोरी : प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #नेपाली कांग्रेस, #नेविसंघ
ताजा खबर
- १जनताकै सुझावबाट नीति र बजेट बन्ने प्रधानमन्त्री कार्यालयको दावी, ‘सुझाव संकलन पोर्टल’ सञ्चालनमा
- २विजयको सरकार गठनका लागि तमिलनाडुमा जुट्यो बहुमत
- ३कानून दोषीका लागि भय र निर्दोषका लागि आशा हुनुपर्छः राष्ट्रपति पौडेल
- ४रास्वपा उपनेता पराजुलीले भनेः पार्टीका सांसदहरु संसदीय भुमिकाबाट विमुख हुने संकेत गर्दैछन्
- ५लहडतन्त्र र भयतन्त्र ल्याउने प्रयासको प्रतिरोध गर्ने गगन थापाको चेतावनी



तपाईको कमेन्ट लेख्नुहोस्