मन्त्री आलेले सलमान खानलाई भने माउन्टेन फ्लाइटबाट तपाईंलाई सगरमाथा देखाउन चाहन्छु
काठमाडौं । पर्यटनमन्त्री प्रेम आलेले भारतीय अभिनेता सलमान खानसँग भर्चुअल कुराकानी गरेका छन् । कुराकानीका क्रममा उनले सलमानलाई माउन्टेन फ्लाइटबाट नेपालको सगरमाथा अवलोकन गर्न अफर गरेका छन्। ‘दबंग टुर’ का क्रममा नेपाल आउने तयारीमा रहेका सलमानसँग आलेले नेपालको पर्यटन प्रवर्द्धन संवाद गरेका हुन् ।
उनले भने, ‘यो कुराकानीलाई जोडेर यदि तपाईँसँग समय भए माउन्टेन फ्लाइटबाट एभरेस्टको हवाई सफर गराउन चाहन्छु । तपाईँलाई थाहै होला, ब्रेक फास्ट इन एभरेस्ट एकदमै प्रख्यात छ ।’ जवाफमा सलमानले भने– जरुर जरुर । सलमानको प्रशंसा गर्दै मन्त्री आले उनको फिल्म पटक–पटक हेरेको बताए । ‘नेपालमा तपाईँका धेरै फ्यान छन् ।
मैले पनि तपाईँको मैने प्यार किया, तेरे नाम बहुतबार हेरेको छु,’ आलेले भने । उनले बुद्ध भूमि नेपालमा सलमानलाई स्वागत गर्न आफू आतुर रहेको बताए । कुराकानीका लागि समय दिएकोमा आभार व्यक्त गरे । उनले सलमानलाई भने, ‘तपाईँको व्यस्त समयका बाबजुद मसँग कुरा गर्नुभएकोमा आभारी छु ।’ आलेले हिन्दी, मराठी र अङ्ग्रेजीमा संवाद गरेका थिए । सलमान भने धेरै बोलेनन् ।सलमानलाई सगरमाथामा ब्रेकफास्ट खुवाउने भन्दै आलेले मराठीमा यस्तो संवाद समेत गरेका छन् ।
क्याटेगोरी : पर्यटन, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #अभिनेता सलमान खान, #पर्यटनमन्त्री प्रेम आले
ताजा खबर
- १युद्धको भिडियो र फोटो सामाजिक सञ्जालमा हाल्ने ६ नेपाली पक्राउ, कडा कारबाही र डिपोर्ट हुनसक्ने परराष्ट्रको चेतावनी
- २सेवा प्रवाह प्रभावकारी बनाउन काठमाडौं प्रशासनमा ‘सार्वजनिक सम्बोधन प्रणाली’ लागू
- ३नयाँ जनादेशले देशलाई स्थायित्व, विकास र समृद्धितर्फ अघि बढाउने आशा जगायो : प्रधानमन्त्री
- ४पैसाको सदुपयोग गर्न जान्नुपर्छ– गभर्नर
- ५ड्रोन आक्रमणपछि दुबई विमानस्थल अस्थायीरुपमा बन्द



तपाईको कमेन्ट लेख्नुहोस्